उपत्यकामा ‘सेप्टिक ट्यांंक’ अभियान चलाउनुपर्छ : उपप्रधानमन्त्री सिंह  « Khabarhub

उपत्यकामा ‘सेप्टिक ट्यांंक’ अभियान चलाउनुपर्छ : उपप्रधानमन्त्री सिंह 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

शहरी विकास मन्त्रालयमा मंगलबार उपप्रधानमन्त्री सिंहले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र प्रमुखहरूसँग छलफल गरेका हुन् । 

सो क्रममा उपत्यकालाई कसरी व्यवस्थित र बस्नयोग्य शहर बनाउने, उपत्यकाका नदि प्रणाली सुधार्ने, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने भन्ने विषयमा मेयर र उपमेयरहरूले धारणा राखेका थिए  । 

उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सफा, स्वच्छ र यहाँ बग्ने नदिहरुलाई सफा बगाउनका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले उपत्यकाका नदि प्रणाली स्वच्छ बनाउन सेप्टिक ट्यांक अभियान चलाउनुपर्ने बताए। उनले सेप्टिक ट्याङ्क बनाउने कार्यलाई उपत्यकामा अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा आफ्नो जोड रहेको बताए।  

‘उपत्यकाका बग्ने नदिहरुलाई स्वच्छ बनाउनुपर्यो । त्यसका लागि अहिले जुन दुर्गन्ध छ त्यसलाई हटाउन हामीले सेफ्टी ट्यांकी बनाउने अभियानमा लाग्नैपर्छ । अब नयाँ बन्ने ठाउँमा सेफ्टी ट्यांक हरेक घरमा बनाउनुपऱ्यो ।  जहाँजहाँ घर बनिसके , ठाउँ छैन भने १०-१५ घरको एक ठाउँमा भएपनि सेफ्टी ट्यांकी बनाउनुपर्यो,’ सिंहले भने, ‘उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको छ । त्यसलाई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेफ्टी ट्यांकको अभियाननै चलाउनैपर्‍यो । नत्र , नदि स्वच्छ हुँदैन, दुर्गन्ध हट्दैन ।’ उनले उपत्यकालाई स्वच्छ, सफा र स्वस्थ राख्न तिनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
  
उनले आफूले शहरी विकास मन्त्रालय सम्हालेदेखिनै बाग्मती र धोबीखोलामा अर्बौँ खर्च भएपनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेको र त्यसलाई सच्याउँदै सिधै ढल मिसाउन नदिनका लागि आवश्यक काम अघि बढाउन भनिसकेको बताए। 

छलफलमा उपत्यकाका विभिन्न पालिका प्रमुख र उपप्रमुखहरूले फोहोरमैला व्यवस्थापन, नदिको स्वच्छता र सफाइ, शहरी पूर्वाधारको विकासमा आउने बजेटले सम्बोधन गर्नुपर्ने बताएका थिए । 

उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सुन्दर र बस्नयोग्य व्यवस्थित शहर बनाउनका लागि पालिकामा गर्न सकिने कामबारे कार्ययोजना पेश गर्न आग्रह गर्दै पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधनका लागि अघि बढ्ने बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ०० बजे

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र