माओवादीले भन्यो, ‘समस्या सडकमा होइन, सरकारमा छ’ « Khabarhub

माओवादीले भन्यो, ‘समस्या सडकमा होइन, सरकारमा छ’


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले समस्या सडकमा नभएर सरकारमै रहेको बताएका छन् । उनले यसलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै दाहालले राजावादी सलबलाउँदा डराउने अवस्था नभएको तर दलहरूले गम्भीरतापूर्वक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

‘मुख्य समस्या सरकारमा छ । सहकार्य र संवाद गर्नुपर्छ । बहस गर्नुपर्छ । जनताले व्यवस्थामा प्रश्न उठाएका छैनन् । व्यवस्थामा समस्या छैन । व्यवस्थापनमा समस्या छ’, दाहालले भने, ‘राजावादी सलबलाएका छन् । डराउनुपर्ने छैन । तर हामीले गम्भीरतापूर्वक भूमिका निर्वाह गर्नुपर्छ । मैलिक हकको व्यवस्थापन गर्नुपर्छ । जनतामा आशा जगाउने काम गर्नुपर्छ ।’

उनले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले राम्रो भन्न सकिने अवस्थामा कुनै काम नगरेको पनि बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : २७ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास