अर्थसंक्षेप : वित्तको सुझाव कार्यान्वयन गर्दैन सरकार, लगातार आठौं दिन शेयर बजारको ओरालो यात्रा « Khabarhub

अर्थसंक्षेप : वित्तको सुझाव कार्यान्वयन गर्दैन सरकार, लगातार आठौं दिन शेयर बजारको ओरालो यात्रा


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार आठौं दिन मंगलबार पनि शेयरबजार ओरालो लाग्यो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वर्षेनी दिएका सुझाव सरकारले कार्यान्वयन गर्दैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीको अन्तिम मूल्य निर्धारण गर्ने नयाँ विधि प्रयोग हुने भएको छ । मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम सुस्त गतिमा अघि बढेको छ ।

आजका आर्थिक समाचार :

वित्त आयोग वर्षैपिच्छे दिन्छ सुझाव तर सरकार टेर्दैन

राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगले संविधानअनुसार सरकारलाई वर्षैपिच्छे सुझाव दिने गर्छ । तर, तीनै तहका सरकारले भने आयोगको सुझावलाई कार्यान्वयन होइन, सधैँ नजरअन्दाज गर्ने गरेका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार राष्ट्रिय सभा पेश गरिएको आयोगको वार्षिक प्रतिवेदन ०८०(८१ मा आयोगले दिएका सुझाव सरकारले कार्यान्वयन गर्न छाडेको उल्लेख छ ।

आयोगले संघीय सरकारको बजेट विनियोजन, राजस्व बाँडफाँड, ऋण परिचालन, कार्यक्रमको मानक निर्माण लगायतका विषयमा वर्षेनी दिएका सुझाव तीनै तहका सरकारले कार्यान्वयन नगरेको प्रतिवेदनको निष्कर्षमा उल्लेख गरेको छ ।

मुग्लिन–मलेखु सडकको स्तरोन्नति सुस्त गतिमा

मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम सुस्त गतिमा अघि बढेको छ । हालसम्म २५ प्रतिशत प्रगति भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनालाई तीन प्याकेज छुट्याएर स्तरोन्नतिको काम भइरहेको छ । करिब ९५ किलोमिटर दूरी रहेको यो सडक खण्ड तीन प्याकेज छुट्याएर स्तरोन्नति गरिएको हो । पहिलो प्याकेजमा नागढुङ्गा–नौविसे, दोस्रोमा नौविसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी छुट्याइएको छ ।

शेयर बजारमा अन्तिम १५ मिनेटको औसत मूल्य चैतबाट लागू हुने

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएका कम्पनीको अन्तिम मूल्य निर्धारण गर्ने नयाँ विधि प्रयोग हुने भएको छ । नेप्सेले अन्तिम १५ मिनेटमा भएका कारोबारका आधारमा औसतमा मूल्य तय गर्ने भएको हो ।

अन्तिममा अत्यधिक मूल्य माथि पुराउने र अत्यधिक मूल्य घटाउने गरेकाले गर्दा यस्तो विधि ल्याइएको नेप्सेका प्रवक्ता मुरहरी पराजुलीले बताए ।

शेयर बजार राताम्य, ३२ अंकले घट्यो नेप्से

शेयर बजार लगातार ८ दिन देखि राताम्य छ । बजार निरन्तर घट्नेक्रममा दैनिक उच्च अंकले नेपाल स्टक एक्सचेन्ज ९नेप्से० घटिरहेको छ ।

आज नेप्से ३२।२१ अंकले घटेर २७१९।२० विन्दुमा पुगेको छ । नेप्से १।१७ प्रतिशतले घट्दा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर कारोबार भएको छ ।

सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख ९डिजिटाइजेसन० गर्न थालेको छ । सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखीकरण गर्न थालिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए ।

केही दिनअघि बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारीसाधनको अभिलेखीकरणको शुभारम्भ गरेका थिए । यसका लागि कर्मचारीले सवारीको कागजात तथा तथ्याङ्क प्रविष्ट गर्ने कार्य गरिरहेको प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ६ : २४ बजे

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौँ– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक

बाख्रा पालनबाट स्वरोजगार

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइमा सुविधा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा

७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले विभिन्न ७ वटा निर्माण

काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

काभ्रेपलाञ्चोक– काभ्रेको कोशीपारिस्थित भुम्लु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना