आहा ! ऐँसेलु (तस्बिरहरू) « Khabarhub

आहा ! ऐँसेलु (तस्बिरहरू)


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा आज भोलि ऐँसेलु बेच्ने स्थानीयहरूको बाक्लै भीड लाग्नेगर्छ । पाखा, डाँडा र खर्कमा फल्ने ऐँसेलु अहिले सो क्षेत्रका स्थानीयको आम्दानीको स्रोत बनेको छ । 

पोखरा बागलुङ सडक खण्डमा यात्रा गर्ने प्राय हरेक यात्रुले यहाँको ऐँसेलु किन्ने गर्दछन् । प्रतिसोली (पातबाट बनाइएको सोली) १०० रुपैयाँमा बिक्री हुने ऐँसेलु टिप्न भने एक बिहानै खर्च गर्नु पर्ने स्थानीय ऐँसेलु व्यापारी रशिका विश्वकर्माले बताइन् । बिहानै अधेरीखोला तिर जानु पर्छ, टिप्नको लागि पनि गाह्रो नै छ, काँडाले घोच्ने उनले बताइन् । 

त्यस्तै ऐँसेलु बेचेरै प्रतिदिन २ हजार सम्म कमाई हुने स्थानीय अस्मी विश्वकर्माले बताइन्, तर ऐँसेलु वर्षको चैत्र-वैंशाख-जेठ महिनामा मात्र फल्ने हुँदा अन्य दिन खेतिकिसनी नै गर्ने गरेको उनले सुनाइन् । 

गाउँमा धेरै मात्रामा ऐँसेलु फल्ने भएपनि त्यसको सही उपयोग हुन नसकेको स्थानीयले बताए । पूर्वका केही जिल्लामा वाइन बनाउन र जुस बनाउनको लागि ऐँसेलुको उपयोग गरी राम्रो आम्दानी गरेको भए पनि हाम्रोमा त्यसो हुन नसकेको स्थानीयले गुनासो गरेको छ । 

ऐँसेलु नेपालको पहाडी भेग लगायत अन्यत्र पनि पाइन्छ । जस्तो, भारत, पाकिस्तान, चीन । यसलाई ‘गोल्डेन हिमालयन रासबेरी’ भनेर चिनिन्छ । कतिपय भेगमा चाहिँ यसलाई ‘रासबेरी’ नामले पनि चिनिन्छ ।

ऐँसेलु स्वादिलो र रसिलो फल मात्र होइन । यसमा भिटामिन-सि, फिनोल, फ्लेवोनोइड जस्ता सूक्ष्म पोषक तत्त्व हुन्छ ।
ऐसेलुको जरामा औषधीय गुण हुन्छ । ज्वरो आउँदा, झाडापखाला लाग्दा, ग्यास्ट्रिक हुँदा ऐँसेलुको जरा सेवन गर्नु फाइदाजनक हुन्छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ११ : ५५ बजे

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका