साप्ताहिक आर्थिक खबर : गर्भनर नियुक्तिमा सरकार कुहिरोको काग, ३२ अंकले घट्यो नेप्से र राष्ट्र बैंक प्रतिवेदनमा देशको अर्थतन्त्र ठिकठाक | Khabarhub Khabarhub

साप्ताहिक आर्थिक खबर : गर्भनर नियुक्तिमा सरकार कुहिरोको काग, ३२ अंकले घट्यो नेप्से र राष्ट्र बैंक प्रतिवेदनमा देशको अर्थतन्त्र ठिकठाक


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

औद्योगिक क्षेत्रमा सरकारले नीतिगत सुधार गरेको मन्त्रीकाे दाबी

सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएकाले औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, सडक र यातायातको विकासलगायत विषयलाई उच्च प्राथमिकता दिइएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताए । उनले मुलुकको समग्र विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार धनगढीमा आयोजना गरेको विशेष सभामा उनले देशको सन्तुलित विकासका लागि लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधार गरेको उल्लेख गरे ।

सार्वजनिक खरिद ऐन समयानुकूल बनाउन बैठक बस्छ, काम हुँदैन

गर्भनर नियुक्तिमा सरकार ‘कुहिरोको काग’ बन्दा शेयर बजार ओरालो

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको बहिर्गमनलाई देखाएर करिब ३ महिना अघिदेखि शेयर बजारमा विभिन्न हल्ला चलाउन थालिएको थियो ।

अधिकारी गत चैत २२ गते शुक्रबार आफ्नो ५ वर्षीय कार्यकाल सकेर बिदा भए । ५ वर्षको अवधिमा गभर्नरले ५ वटा मौद्रिक नीति ल्याउँदा एउटा मौद्रिक नीति शेयर बजारमैत्री ल्याए ।

बाँकी ३ वटा शेयर बजारलाई ध्वस्त पार्ने थिए । आफ्नो कार्यकालयको अन्तिम मौद्रिक नीति भने गभर्नर अधिकारीले शेयर बजारको क्षेत्रमा विगतमा गरेको गल्ती केही सुधार गरेर गएका थिए ।

नेप्सेमा बजार बन्द हुँदाको मूल्य किन भइरहेछ तलमाथि ?

अर्थमन्त्री भन्छन्- तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियो

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले चालू आर्थिक वर्षमा बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएका कारण कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् ।

यसअघि ७ हजार आयोजना रहेकोमा ११ हजार योजना थप गरी १८ हजार आयोजना रहेको र त्यसलाई अघि बढाउन समेत समस्या भएको उनले बताए ।

पौडेलले सीमित स्रोतको अत्याधिक सदुपयोगमा सरकारले ध्यान दिएको भन्दै आगामी आर्थिक वर्षको बजेट निर्माणमा पनि सीमित स्रोतलाई ध्यान दिइने उल्लेख गरे ।

उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

नेपाल–भारतबीच व्यापार सहजीकरणका लागि वार्ता

नेपाल-भारत व्यापार सहजीकरणका लागि उच्च अधिकारीहरुको बैठक काठमाडौंमा भइरहेको छ ।

नेपाल र भारतबीचको व्यापारलाई थप सहज एवम् सरल बनाउनु र अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीबीच काठमाडौंमा बैठक भएको हो ।

यो बैठकमा दुई देशका भन्सार कार्यालयबीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रीम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तुवाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ्क प्रणाली लागू गर्नेलगायत विषय छन् ।

एलओडी बन्यो विश्वकै ४४औँ उत्कृष्ट क्लब

भूकम्प प्रभावित म्यानमारलाई नेपालको २७ टन राहत

देश ‘ग्रे लिस्ट’मा पर्दा कस्तो गभर्नर खोज्दैछन् ओली–देउवा ?

यसपटक सरकार समयमै नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्न चुकेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ मै सकिए पनि कांग्रेस-एमाले गठजोडको ‘शक्तिशाली सरकार’ समयमै केन्द्रीय बैंकका लागि नयाँ गभर्नर नियुक्त गर्न चुकेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ मा ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतयाः एक महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नेछ’ उल्लेख छ ।

राष्ट्र बैंकको प्रतिवेदन : रेमिट्यान्सले अर्थतन्त्र ठिकठाक छ

नेपाल राष्ट्र बैंकको प्रतिवेदनले मुलुकको पछिल्लो अवस्था ठिकठाक रहेको देखाएको छ । रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि भइरहेको र त्यसकै कारण मुलुकमा आयातदेखि विदेशी मुद्राको सञ्चितिमा सकारात्मक अवस्था बनेको हो ।

चालु आर्थिक वर्षको ८ महिनामा विदेशमा काम गर्न गएका नेपालीले १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पठाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बढी हो ।

आठ महिनामा सरकारको खर्च ८ खर्ब ३९ अर्ब ३६ करोड

आठ महिनामा सात प्रदेशले गरे ६८ अर्ब ५ करोड खर्च

विदेशी मुद्राको सञ्चिति २४ खर्ब नाघ्यो, १४ महिना बढीको आयात धान्न पुग्ने

आठ महिनामा २१ अर्ब ८३ करोडको धितोपत्र निष्कासन

८ महिनामा साढे १० खर्ब रेमिट्यान्स भित्रियो

वित्त आयोगले तोक्यो आगामी वर्षको लागि ऋणको सीमा, कुन सरकारले कति लिन पाउने ?

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि तीनै तहका सरकारलाई ऋणको सीमा तोकेको छ । आयोगले तीनै तहको सरकारलाई सिफारिस गर्दै आगामी आर्थिक वर्षको लागि ऋणको सीमा तोकेको हो ।

आयोगले सार्वजनिक ऋण सम्बन्धी विभिन्न मुलुकको अभ्यास, अन्तर्राष्ट्रिय संस्थाहरूले न्यून आय भएका मुलुक र नेपालको सार्वजनिक ऋणको सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका विषयहरू, नेपालको विगतको अभ्यास र अनुभव एवं समष्टिगत अर्थतन्त्रका तथ्यांकका आधारमा सबै तहका सरकारका लागि ऋणको सीमा कायम गरिएको जनाएको छ ।

अछामका आगलागी प्रभावितलाई ५० लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघिका गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्यकाल सकेर चैत २४ गते नै राष्ट्र बैंकबाट बाहिरिएका छन् । तर, सरकारले सत्तापक्षीय गठबन्धनमा नै पात्र छनोटको सहमति गर्न नसक्दा अर्थ मन्त्रालयले पुनः कायममुकायम गभर्नर तोकेको हो ।

दुई सरकारको टकरावले अलपत्र काठमाडौं टावर (तस्बिरहरू)

काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको टकरावले पुरानो बसपार्कमा निर्माणाधीन भ्यु टावर अलपत्र परेको छ ।

१३ तलासम्म निर्माण भइसकेको काठमाडौं भ्यू-टावर दुई सरकारबीचको द्वन्द्वका कारण अलपत्र अवस्थामा छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

चन्दा उठाएरै बनाइयो धार्मिक पर्यटकीय स्थल मालिकाधुरी पुग्ने सडक

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

चीनले ८४ प्रतिशत कर लगाए पछि ट्रम्पले भने- अब अमेरिका सर्नुहोस्

चीनले अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेपछिको पहिलो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीहरूलाई अमेरिकामा फर्किन प्रोत्साहन दिइरहेको बताएका छन् ।

सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईँको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो राम्रो समय हो।’

आठ महिनामा ४.२ प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको निक्षेप, गैर नाफामूलक संस्थाको बचतमा भने गिरावट

चालु आर्थिक वर्षको आठ महिनामा नेपालको बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंक देखि फाइनान्स कम्पनीमा ४.२ प्रतिशतले निक्षेपमा वृद्धि भएको हो ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म नेपालको बैंक तथा वित्तीय क्षेत्रमा ६४ खर्ब ९४ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन भएको थियो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको दाबी : फागुनसम्म ७१५५ बचतकर्ताको बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म समस्याग्रस्त सहकारीबाट थप पाँच हजार आठ सय ५६ जना बचतकर्ताको बचत फिर्ता गरेको जनाएको छ ।

कार्यालयले एक तथ्यांक सार्वजनिक गर्दै गत असार मसान्तसम्म एक हजार दुई सय ९९ जनाको बचतकर्ताको फरफारक भएको र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म फरफारक हुनेको संख्या सात हजार एक सय ५५ जना पुगेको जनाएको छ ।

बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’ सार्वजनिक

सेन्साइको नयाँ वर्ष योजना सार्वजनिक

गोदरेजको नयाँ वर्ष अवसरमा ल्यायो विशेष अफर

उद्योग बन्द गर्दै वैदेशिक रोजगारमा : चितवनका २७९ उद्योगमा ताला

वैदेशिक रोजगारीमा जाने प्रयोजन देखाउँदै चितवनमा २७९ उद्योग बन्द गरिएको छ ।

उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका हुन् । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक रोजगारीको प्रयोजन देखाउँदै अधिकांश उद्योग बन्द गरिएको हो ।

नेपालका कवाड अवैध रुपमा भारत निकासी

युवा स्वरोजगार कार्यक्रमको बजेट स्थानीय सम्पदा संरक्षणमा

अर्थमन्त्री नेतृत्वको समिति औपचारिक मात्रै, राष्ट्र बैंक कामुको भरमा

आफ्नो कार्यकाल सकेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी घर गइसकेका छन् । तर, सत्तापक्षीय गठबन्धनले गभर्नर छनौटमा ढिलाइ गर्दा राष्ट्र बैंक कायममुकायम गभर्नरको नेतृत्वमा सञ्चालन हुने स्थितिमा पुगेको छ ।

सत्ता साझेदार गठबन्धनले नियुक्ति बाँडफाँट बालुवाटार र बुढानीलकण्ठबाट नै गर्ने हुँदा गभर्नर नियुक्तिको लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बनेको गभर्नर सिफारिस समिति देखावटी वा औपचारिक मात्रै बन्न पुगेको छ ।

सहकारी र लघुवित्त पीडितको रत्नपार्कमा धर्ना (तस्बिरहरु)

पर्वतमा लोभलाग्दो च्याउखेती, वार्षिक सात लाख आम्दानी लिँदै स्थानीय महिला

तीनकुनेमा ज्यान गुमाएका परिवारलाई भाटभटेनीको राहत, सविनकी श्रीमतीलाई जागिर

तीनकुने घटनामा परेर ज्यान गुमाएका परिवारलाई भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङले राहत वितरण गरेका छन् ।

अध्यक्ष गुरुङले कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरे ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : १९ बजे

प्रेस चौतारीले कारबाही गरेका दुई पत्रकार सञ्चारिकामा निर्वाचित

काठमाडौं– नेकपा प्रेस चौतारीले कारबाही गरेका दुईजना सदस्य सञ्चारिका समूहको

क्यानडा निर्वाचनः अर्थशास्त्री कार्नीको व्यक्तित्व फ्याक्टर

मार्क कार्नी बेलायत तथा क्यानडाको केन्द्रीय बैङ्कका पूर्व गभर्नर हुन्।

शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी रहने

काठमाडौं– नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि जारी

रुस-युक्रेन युद्ध : अमेरिका आफ्नै बाटोमा लाग्ने ट्रम्पको भनाइ

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन मध्य

किन नुहाउने ?

काठमाडौं- नुहाउनु स्वास्थ्यका लागी फाइदाजनक हो भन्ने कुरा हामी सबैले