तिब्बती धर्मगुरु तुल्कु हुङ्कर दोर्जेको हिरासतमा मृत्यु | Khabarhub Khabarhub

तिब्बती धर्मगुरु तुल्कु हुङ्कर दोर्जेको हिरासतमा मृत्यु


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भियतनाममा हिरासतमा लिएपछि तिब्बती बौद्ध धर्मगुरु तथा समाजसेवी तुल्कु हुङ्कर दोर्जेको अप्रत्याशित र दुखद निधनले तिब्बती समुदायमा शोक छाएको छ। २०२५ मार्चमा घटेको यो घटनाले चीनको सीमा बाहिर फैलिएको प्रभाव र निर्वासनमा रहेका तिब्बती नेताहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

तुल्कु हुङ्कर दोर्जे, जो गोलोक क्षेत्रको गाडे काउन्टीस्थित लुङ्न्गोन गुम्बाका दशौं गद्दीधारी थिए, मार्च २५ मा हो चि मिन्ह सिटीस्थित होटलबाट भियतनामी सुरक्षाकर्मी र चिनियाँ गुप्तचर अधिकारीहरूको संयुक्त अपरेशनमार्फत पक्राउ परेका थिए। तीन दिनपछि, मार्च २८ मा हिरासतमै उनको मृत्यु भएको घोषणा गरियो। घटनाको विवरण सार्वजनिक नगरिनु र मृत्युको कारणबारे अस्पष्टता रहनुले चासो झनै बढाएको छ।

उनको शव हाल भियतनामस्थित एक अस्पतालमा राखिएको छ जहाँ कडा सुरक्षा घेराबन्दी गरिएको छ। लुङ्न्गोन गुम्बाबाट आएका प्रतिनिधिहरूलाई शव हेर्न नदिइनु, मृत्युपत्र नदेखाइनु, वा त्यसको प्रतिलिपि लिन नदिइनु—यी सबैले घटनालाई अझै शंकास्पद बनाएको छ।

अधिकारकर्मीहरू र तिब्बती समुदायका समर्थकहरू विश्वास गर्छन् कि तुल्कु हुङ्कर दोर्जे चीनको धार्मिक एजेन्डा मान्न अस्वीकार गरेपछि निशानामा परे। विशेषतः उनले ग्योलोक क्षेत्र भ्रमणमा आएका चीनले नियुक्त गरेको पंचेन लामा स्वागत गर्न अस्वीकार गरेका थिए। साथै, उनले तिब्बती भाषा, शिक्षा र संस्कृति जोगाउन स्थापना गरेका विद्यालय तथा परियोजनाहरू चीनको समानिकरण नीतिको चुनौती बनेका थिए।

सन् १९६९ मा जन्मिएका तुल्कु हुङ्कर दोर्जेले तिब्बती बालबालिकाहरूको लागि निःशुल्क शिक्षा र सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्दै आएका थिए। उनको नेतृत्वले हजारौं ग्रामीण र घुमन्ते समुदायका बालबालिकाहरूलाई तिब्बती भाषामा शिक्षाको अवसर दिएको थियो।

चीन सरकारले उनको मृत्युबारे हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। तर घटनाको रहस्यात्मक प्रकृतिले स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गरेको छ। अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूले पारदर्शिता र जवाफदेहिताको माग गरेका छन्।

तिब्बतीहरूको लागि, तुल्कु हुङ्कर दोर्जेको मृत्यु केवल एक व्यक्तिको होइन, उनीहरूको सांस्कृतिक अस्तित्व र धार्मिक स्वतन्त्रताको लागि गरिएको संघर्षको प्रतीक हो। उनको निधनले चीनबाहिर रहेका तिब्बतीहरूलाई समेत जोखिममा परेको सन्देश दिएको छ।

अन्तर्राष्ट्रिय समुदायले यो मुद्दालाई नजरअन्दाज गर्नु हुँदैन। यस घटनाले तिब्बती आवाजमाथि भइरहेको दमन र स्वतन्त्रता संरक्षणको महत्व फेरि एकपटक विश्वव्यापी रुपमा उजागर गरेको छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ४ : १८ बजे

रुसले फेरि हवाई आक्रमण सुरु गर्‍यो : युक्रेन

किएभ– मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप

बैंकक पुगेर परराष्ट्रमन्त्रीले भनिन्- अव्यवस्थित शहरीकरण विश्वमै समस्या 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै

भारत पुगे जेडी भान्स, ताज महल घुम्ने, जयपुरमा बिहेको निम्तो पनि मान्ने

काठमाडौं– अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत पुगेका छन् । चारदिने

जलविद्युत् आयोजनाले पानी नछाड्दा चैते धान रोप्न समस्या

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकास बारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर