दुई करोड बढीको गहनासहित चारजना पक्राउ « Khabarhub

दुई करोड बढीको गहनासहित चारजना पक्राउ


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले रु दुई करोड बढी मूल्यका सुन, हीरा तथा पत्थरका गहनासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

यसरी पक्राउ पर्नेमा भारतका ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षका सुरोजित दास, ४० वर्षका तमोल साद्रा र १६ वर्षका सामुहिम सेख रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–२२ प्यूखा कृष्णचोकस्थितमा भारत कोलकाताका ४३ वर्षीय हाविबोर सेखले मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी बिल भरपाई नभएका सुन, चाँदी तथा हीराका गरगहना बिक्री वितरण गरिरहेको सूचनाका आधारमा खोजतलासमा निस्किएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आज घटना विवरण सार्वजनिक गरेको हो ।

उक्त अनुसन्धानमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौँ तथा प्रहरी वृत्त जनसेवाबाट प्रहरी टोली खटिएका थिए । सेखले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा रीतपूर्वक खानतलासी गर्दा फेला परेका बिल भरपाई बिनाका रु दुई करोड एक लाख ७८ हजार ३६० रुपैयाँ बराबरको सुन, हीरा तथा पत्थरका गरगहना फेला पारी बरामद गरिएको बोहराले बताए ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ९ : २१ बजे

रास्वपाको महाधिवेशनमा सहभागी भएनन् अमरेशकुमार सिंह

काठमाडौं- प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंह चितवनमा आइतबारदेखि सुरू

वर्षमानले भने- प्रचण्डको आउने चाहना थियो ,स्वास्थ्य अवस्थाले दिएन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टी संयोजक पुष्पकमल

रास्वपाले पाएको जिम्मेवारी पुरा नगरे देश र जनतालाई धोका हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको जिम्मेवारी पुरा गर्ने

काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजना

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको