काठमाडौं महानगरको कार्यपालिका बस्दै, बजेट ल्याउन नगरसभाको मिति तोक्दै « Khabarhub

काठमाडौं महानगरको कार्यपालिका बस्दै, बजेट ल्याउन नगरसभाको मिति तोक्दै


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको ४० औँ नगरकार्यपालिका बैठक शुक्रबार नै बस्ने भएको छ ।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ बराबरको बजेटको आकार निर्धारण गरेपछि नगरकार्यपालिका बैठक बस्न लागेको हो ।

शुक्रबार मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितको बैठकले बजेटको आकार तय गरिसकेको छ । यो अवस्थामा यही असार ३२ गतेसम्म बजेट ल्याउने गरि नगरसभाको मिति तोक्न कार्यपालिका बैठक बस्न लागेको हो ।

कार्यापालिका बैठक पनि गत २०८१ पुस पहिलो सातादेखि बस्न सकेको छैन । हरेक महिनाजसो बस्नुपर्ने कतिपय बैठक पनि काठमाडौंमा बस्न नसकेको अवस्थामा आर्थिक वर्षको अन्तिममा बजेट आउने भएको हो ।

असारमा ३२ को महिना छ । शनिबारबाहेक अबको चार दिनभित्र बजेट ल्याउनुपर्ने बाध्यतामा काठमाडौं महानगर छ । अन्य पाँचवटा महानगरले यसअघि नै बजेट ल्याइसकेका छन् ।

यस्तोमा शुक्रवार बस्ने ४० औँ नगरकार्यपालिका बैठकले नगर सभाको मिति तय गरी त्यही नगर सभामार्फत् बजेट सार्वजनिक गर्ने छ । महानगरको बजेट यसअघि नै तय भइसकेको थियो ।

अब उक्त नगरसभामा उपमेयर सुनिता डंगोलले बजेट सार्वजनिक गर्नेछिन् । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने हुन्छ । तर प्रमुख प्रशाकीय अधिकृत गुरागाईंलाई नस्वीकार्ने बालेनको अडानले आर्थिक वर्ष सकिने बेला पनि अन्योल थियो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : ५९ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा