काठमाडौं महानगरको कार्यपालिका बस्दै, बजेट ल्याउन नगरसभाको मिति तोक्दै « Khabarhub

काठमाडौं महानगरको कार्यपालिका बस्दै, बजेट ल्याउन नगरसभाको मिति तोक्दै


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको ४० औँ नगरकार्यपालिका बैठक शुक्रबार नै बस्ने भएको छ ।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ बराबरको बजेटको आकार निर्धारण गरेपछि नगरकार्यपालिका बैठक बस्न लागेको हो ।

शुक्रबार मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितको बैठकले बजेटको आकार तय गरिसकेको छ । यो अवस्थामा यही असार ३२ गतेसम्म बजेट ल्याउने गरि नगरसभाको मिति तोक्न कार्यपालिका बैठक बस्न लागेको हो ।

कार्यापालिका बैठक पनि गत २०८१ पुस पहिलो सातादेखि बस्न सकेको छैन । हरेक महिनाजसो बस्नुपर्ने कतिपय बैठक पनि काठमाडौंमा बस्न नसकेको अवस्थामा आर्थिक वर्षको अन्तिममा बजेट आउने भएको हो ।

असारमा ३२ को महिना छ । शनिबारबाहेक अबको चार दिनभित्र बजेट ल्याउनुपर्ने बाध्यतामा काठमाडौं महानगर छ । अन्य पाँचवटा महानगरले यसअघि नै बजेट ल्याइसकेका छन् ।

यस्तोमा शुक्रवार बस्ने ४० औँ नगरकार्यपालिका बैठकले नगर सभाको मिति तय गरी त्यही नगर सभामार्फत् बजेट सार्वजनिक गर्ने छ । महानगरको बजेट यसअघि नै तय भइसकेको थियो ।

अब उक्त नगरसभामा उपमेयर सुनिता डंगोलले बजेट सार्वजनिक गर्नेछिन् । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने हुन्छ । तर प्रमुख प्रशाकीय अधिकृत गुरागाईंलाई नस्वीकार्ने बालेनको अडानले आर्थिक वर्ष सकिने बेला पनि अन्योल थियो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : ५९ बजे

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया