कारबाहीको तयारीबीच माधव रामकुमारी एकै मञ्चमा (तस्बिरहरू) « Khabarhub

कारबाहीको तयारीबीच माधव रामकुमारी एकै मञ्चमा (तस्बिरहरू)


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी अध्यक्ष माधवकुमार नेपालको बारेमा खरो बोलेर चर्चामा आएकी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ उनीसँग एकै मञ्चमा देखा परेकी छन् ।

शुक्रबार कीर्तिपुरमा आयोजित समाजवादी अखिलको बैठकमा प्रमुख अतिथि अध्यक्ष नेपाल थिए ।  यो कार्यक्रममा रामकुमारी पनि सहभागी भएकी हुन् । उनी यो संगठनकी इन्चार्जसमेत हुन् ।

पतञ्जलि योगपीठको जग्गा घोटालामा मुद्दा लागेपछि झाँक्रीले आफ्ना अध्यक्ष नेपालविरुद्ध यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा कडा अभिव्यक्ति दिएकी थिइन्। उनले पार्टीमा ‘ठूलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ बताउँदै ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’भनेकी थिइन्।

यसमा पार्टीको अनुशासन आयोगले असार १७ गते झाँक्रीलाई ३ दिनभित्र स्पष्टीकरण दिन भनेकामा नदिएपछि असार २४ गते ७ दिन म्याद थपिदिएको छ।

तस्बिरहरू:

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ३ : २४ बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट