बैतडीका अधिकांश ग्रामीण सडक अवरुद्ध « Khabarhub

बैतडीका अधिकांश ग्रामीण सडक अवरुद्ध


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– लगातारको वर्षाले बैतडीका अधिकांश सडक अवरुद्ध भएका छन् । वर्षातको समयमा ग्रामीण कच्ची सडकमा सवारीसाधन सञ्चालनमा निकै जोखिम हुने गरेको समेत सवारी चालकहरूले बताएका छन् । 

ग्रामीण कच्ची सडकहरू स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा निकै जोखिम बढेको जिपचालक शेरसिंह कार्कीले बताए । उनले भने, ‘वर्षातको समयमा ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न निकै समस्या हुने गरेको छ । सडकहरू स्तरोन्नति नहुँदा निकै जोखिम पनि छ ।’

जिल्लाको सतबाँझ–सुर्नया सडकमा स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नति कामको सिलसिलामा सडक चौडा पार्ने काम भइरहेको छ । तर वर्षातको समयमा उक्त सडकको ठाउँ ठाउँमा पहिरो खस्दा सवारीसाधन सञ्चालनमा निकै समस्या हुने गरेको चालकहरूले बताएका छन् ।  

जिल्लाको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने श्रीभावर–हाट सडकखण्डमा पनि अवस्था उस्तै रही आएको छ । वर्षातको समयमा ठूलो बसहरू सञ्चालन गर्न नसकिएको यातायात व्यवसायीले बताएका छन् । 

जिल्लाको सिगास गाउँपालिकाका विभिन्न वडा जोड्ने ग्रामीण कच्ची सडकमा समेत वर्षातको समयमा सवारीसाधन चलाउन मुस्किल हुने गरेको सवारी चालकहरूले बताएका छन् । 

देहीमाडौँ–गिरेगडा, सिल्लेगडा–कटौजपानी, मेलौली–पञ्चेश्वरलगायत सडकमा वर्षातको समयमा जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नुपर्ने अवस्था छ । यसका साथै  पाटन–सकार–कैलपाल सडक, धर्मघर–सनशेरीमाडौँ सडक, देहीमाडौँ–दुर्गाभवानी सडक, देहीमाडौँ–सुरकाल सडक पनि वर्षाका कारण अवरुद्ध छन् । 

वर्षातले ग्रामीण सडक ठाउँ ठाउँमा भत्किएकाले जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नु परिरहेको अर्का जिपचालक नरेन्द्र कुँवरले बताए । उनले भने, ‘वर्षाका कारण ग्रामीण सडक हिलाम्मे हुने र पहिरोको समेत डर हुने गरेको छ । जोखिम मोलेर सवारी चलाउनुपर्छ ।’

ग्रामीण कच्ची सडकहरू पूर्ण रूपमा सञ्चालन नहुँदा यात्रुहरू महँगो भाडा तिर्न बाध्य भएका छन् । जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नु परेको भन्दै यातायात व्यवसायीले आफूखुसी भाडा असुल्ने गरेका छन् । कच्ची सडकहरूमा वर्षातको समयमा पहिरो खस्ने भएकाले प्रत्येक वर्ष अवरुद्ध हुँदै आएका छन् । 

कच्ची सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री समेत बोकेर ल्याउनुपर्ने बाध्यता रहेको दोगडाकेदार–१ रिमका हरिस साउँदले बताए । उनले भने, ‘ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री आकस्मिक कामका लागि जानुपरेमा ढुवानीमा समस्या हुने गरेको छ ।’रासस

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : १६ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय