महाकालीमा डुबेका दुई बालिका अझै भेटिएनन् « Khabarhub

महाकालीमा डुबेका दुई बालिका अझै भेटिएनन्


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालिकाको अझै पत्तो लाग्न सकेको छैन । नुहाउने क्रममा सात वर्षीय सान्वी पन्त र ६ वर्षीय जीविका पन्त आइतबार नदीमा डुबेर बेपत्ता भएका थिए । 

आज बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको टोलीले नदी क्षेत्रमा दुवै बालिकाको खोजतलासको कार्य जारी राखे पनि अहिलेसम्म फेला पार्न सकेका छैनन् ।

‘बालिका नदीमा डुबेको खबर पाउने बित्तिकै आइतबार साँझ अबेरसम्म नदीमा खोजतलास गर्‍यौँ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले भने, ‘आज बिहानदेखि पुनः खोजतलासको कार्य भइरहे पनि अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।’ 

नदीमा पानीको बहाव अधिक रहेकाले खोजतलासको कार्यमा अप्ठेरो भइरहेको उनको भनाइ छ । दुवै बालिका एकै परिवारको भएको बताइएको छ । 
 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : २६ बजे

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको