भारतमा ‘क्राइम ब्युरो’ चलाउने नक्कली प्रहरी पक्राउ « Khabarhub

भारतमा ‘क्राइम ब्युरो’ चलाउने नक्कली प्रहरी पक्राउ


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रहरीले ‘क्राइम इन्भेस्टिगेटिभ ब्युरो’ लेबल गरिएको भाडाको कार्यालयबाट प्रहरीको भेषमा ‘चन्दा’ असुलेको आरोपमा छ जनालाई पक्राउ गरेको छ ।

‘प्रहरी जस्तै रङ र लोगो’ ले सजाइएको कार्यालयबाट सञ्चालित ‘अन्तर्राष्ट्रिय प्रहरी र अपराध अनुसन्धान ब्युरो’ नयाँ दिल्लीको स्याटेलाइट सहर नोएडामा अवस्थित रहेको प्रहरीले आइतबार राति एक विज्ञप्तिमा बताएको छ । प्रहरीका अनुसार अभियुक्तहरूले नक्कली कागजात र प्रमाणपत्रहरू बनाएका थिए र पीडितहरूबाट ‘चन्दा’ माग्ने वेबसाइट चलाएका थिए ।

उनीहरूले आफ्नो ‘इन्टरपोल’ र अन्य अन्तर्राष्ट्रिय अपराध एकाइहरूसँग सम्बद्धता रहेको दाबी गरेका थिए । “अपराधीहरूले आफूलाई सरकारी कर्मचारीका रूपमा प्रस्तुत गरेका थिए”, प्रहरीले भन्यो । प्रहरीले धेरै मोबाइल फोन, चेकबुक, स्ट्याम्प सिल र परिचय पत्रहरू बरामद गरेको छ ।

नयाँ दिल्ली नजिकैको भाडाको घरबाट नक्कली दूतावास चलाएको र विदेशमा रोजगारी दिने वाचा गरेर जागिर खोज्नेहरूलाई पैसा ठग्ने आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको केही हप्तापछि यो पक्राउ गरिएको हो ।

अभियुक्तले अवैध ‘पश्चिम आर्कटिक दूतावास’ सञ्चालन गरिरहेको थियो र ‘पश्चिम आर्कटिका, सबोर्गा, पोल्भिया, लोडोनिया’ लगायत काल्पनिक राष्ट्रहरूको राजदूत भएको दाबी गरेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १ : ३६ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित