पाकिस्तानमा १९ जनामा भेटियो पोलियो « Khabarhub

पाकिस्तानमा १९ जनामा भेटियो पोलियो


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको शुरुयता पाकिस्तानमा पोलियो रोगका १९ औँ बिरामी फेला परेका छन् । पाकिस्तानको पोलियो उन्मूलन कार्यक्रमअन्तर्गत क्षेत्रीय रेफरेन्स प्रयोगशालाले खैबर पख्तुनख्वाका एक जना बिरामीमा पोलियो देखिएको जानकारी दिएको हो ।

खैबर पख्तुनख्वाको लक्की मरवत क्षेत्रमा बसोबास गर्ने ५ वर्षीय बालकमा पोलियो देखा परेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार हालसम्म खैबर पख्तुनख्वामा १२ जनामा पोलियो देखिएको छ ।

पोलियो रोग लागेका बालबालिकामा पक्षाघात हुने गर्छ ।

पोलियोको कुनै उपचार नभएकाले केवल रोकथाम मात्र सम्भव छ । पोलियो उन्मूलनका लागि पाकिस्तान सरकारले बारम्बार खोप अभियान सञ्चालन गर्दै आएको छ ।

यद्यपि पाकिस्तानका कतिपय समुदायले आफ्ना बालबालिकालाई पोलियो खाप दिन अस्वीकार गर्दै आएका छन् । पाकिस्तानमा पोलियो खोप अभियानमा संलग्न सुरक्षाकर्मी एवम् स्वास्थ्यकर्मीलाई लक्षित गरी आक्रमणका घटना पनि हुने गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : ४० बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित