हाम्रो सेना चीन, पाकिस्तान र अफ्रिकाका भाडाका सैनिकसँग लड्दैछ : जेलेन्स्की « Khabarhub

हाम्रो सेना चीन, पाकिस्तान र अफ्रिकाका भाडाका सैनिकसँग लड्दैछ : जेलेन्स्की


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेना चीन, पाकिस्तान, मध्य एशिया र अफ्रिकी मुलुकका भाडाका सैनिकसँग लडिरहेको बताएका छन् । उत्तरपूर्वमा रहेको द्वन्द्वग्रस्त खार्किभ क्षेत्रको भ्रमणपछि उनले रुसले यस्ता भाडाका सैनिक परिचालन गरेको आरोप लगाएका हुन् ।

उनले यसको जवाफ दिने दृढता पनि व्यक्ति गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार उनले आफ्ना सेनाले उत्तरपूर्वी युक्रेनमा चीन, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र अफ्रिकी देशहरूबाट आएका विदेशी भाडाका सैनिकहरूसँग लडिरहेको बताएका हुन् ।

जेलेन्स्कीले यसअघि पनि रुसले युक्रेनविरुद्धको युद्धमा चिनियाँ लडाकुहरूलाई भर्ती गरेको आरोप लगाएका थिए ।

चीनले यस्तो आरोप अस्वीकार गर्दै आएको छ । रुसले उत्तर कोरियाका हजारौँ सैनिकलाई पनि युक्रेनको कुर्स्क क्षेत्रमा तैनाथ गर्दै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : ५७ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक