एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित | Khabarhub Khabarhub

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको युएईलाई ५७ रनमा समेटेको भारतले ५८ रनको लक्ष्य ४.३ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो।

भारतविरुद्ध युएईका ओपनर अलिशान सराफुले १७ बलमा २२ रन र कप्तान मोहम्मद वासिमले २२ बलमा १९ रन बनाए केही आशा जगाए पनि सम्पूर्ण टिम १३.१ ओभरमै ५७ रनमा समेटिएको थियो। यूएईका ओपनर बाहेक बाँकी ब्याटर भारतीय बलर सामु टिक्न सकेनन्।

भारतका लागि कूलदीप यादवले ४ विकेट लिए भने शिवम दुबेले ३ विकेट हात पार्दा अरुण चक्रवर्ती, अक्षर पटेल र जसप्रीत बुमराहले समान १/१ विकेट लिए।

५८ रनको सामान्य लक्ष्य पछ्याउन उत्रिएको भारतले सुरुबाटै आक्रामक खेल प्रस्तुत गर्‍यो। शुभमन गिल ९ बलमा २० रन बनाएर अविजित रहे। अभिषेक शर्माले १६ बलमा ३० रन बनाए। त्यसपछि सूर्यकुमार यादवले २ बलमा ७ रन थप्दै जित सुनिश्चित गरे।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ७ : ४० बजे

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको