ललितपुरको प्रहरी एकाइ पुनस्थापना « Khabarhub

ललितपुरको प्रहरी एकाइ पुनस्थापना


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

ललितपुर– जेन–जी पुस्ता’को आन्दोलनका कारण गरी विस्थापित प्रहरी एकाइ पुनस्थापना गरिएका छन् । बुधबारदेखि ती कार्यालयहरु सोही स्थानमै पुनः सञ्चालनमा ल्याइएको ललितपुर जिल्ला सुरक्षा समितिले जनाएको छ ।

पुनस्थापना गरिएका प्रहरी कार्यालयमा वृत्त सातदोबाटो, वृत्त चापागाउँ, प्रभाग इमाडोल, प्रभाग लुभु, प्रभाग मङ्गलबजार, प्रभाग सानेपा, लगनखेल, प्रभाग पुल्चोक, प्रभाग लाकुरीभञ्ज्याङ, प्रभाग हनुमानस्थान र प्रभाग पाटनढोका रहेका छन् ।

ललितपुर जिल्ला सुरक्षा समितिले हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै जिल्लावासीलाई सतर्क रहन अनुरोध गरेको छ ।

सुरक्षा समितिले विशेषगरी टोलमा नयाँ वा अपरिचित व्यक्ति देखिएमा तत्काल नजिकैको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ । (रासस)

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ११ : ३० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र