रायोको साग बेचेर लाखौँको आम्दानी « Khabarhub

रायोको साग बेचेर लाखौँको आम्दानी


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा– भद्रपुर नगरपालिका– १ का देउकुमार लिङ्देनको कृषि फार्ममा यतिबेला रायोको साग बिक्रीका लागि तयार भएको छ । उनले यस वर्ष दुई स्थानमा गरी एक बिघा जमिनमा बेमौसमी रायोको साग लगाएका छन् ।

‘दैनिक चार पाँच क्विन्टल जति उत्पादन हुन्छ’, लिङ्देनले भने, ‘बजारमा प्रतिकेजी एक सयदेखि १२० सम्ममा बिक्री हुँदै आएको छ । यसपाली मनग्य आम्दानी होला जस्तो छ ।’

उनले यस सिजनमा मात्र ३० लाखको साग बिक्री गर्ने लक्ष्य सुनाए । ‘लगानी र खर्च कटाएर १० लाख नाफा हुन्छ भन्ने आशा छ’, लिङ्देनले भने, ‘गत वर्ष १५ कट्ठामा लगाएको साग खेतीबाट १८ लाख रुपैयाँ आम्दानी भएको थियो ।’

वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष मलेसिया बसेर फर्किएका लिङ्देनले स्वदेशमै परिवारसँगै बसेर व्यवसाय गर्ने उद्देश्यले २०७३ सालमा लिङ्देन कृषि फार्म सुरु गरेका थिए । त्यसयता उनले बर्सेनि साग बेचेरै उल्लेख्य आर्जन गर्दै आएका छन् ।

लिङ्देनले उत्पादन गरेको साग चन्द्रगढी, भद्रपुर मात्र नभएर र बिर्तामोड नगरपालिकास्थित कृषिथोक बजारमा बिक्री हुँदै आएको छ । उनले १० वटा पोखरीमा माछापालनसमेत गरिरहेको बताए । सोही माछा पोखरीको डिलमा समेत साग उत्पादन हुँदै आएको छ । मलेसियामा हुँदा सागसब्जी र फूलखेतीमा काम गरेको अनुभवले आफ्नै देशमा केही गर्न सहज भएको लिङ्देनको भनाइ छ ।

भद्रपुर–१ मा भइरहेको व्यावसायिक खेतीमा १८ जनाले रोजगारी पाइरहेका छन् । उनीहरूले फार्ममा साग गोड्ने, मल हाल्ने, टिप्ने र बजार लैजाने कार्यमा सहयोग गर्छन् ।

कात्तिक–मङ्सिरमा अरुले पनि साग उत्पादन गर्ने र भाउ नहुने हुँदा आफूले सधैँ साउन–भदौ महिनामै बेमौसमी साग उत्पादन गर्दै आएको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ११ : ४४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र