झापाबाट ९२ जना थुनुवा फरार « Khabarhub

झापाबाट ९२ जना थुनुवा फरार


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– ‘जेन-जी’ प्रदर्शनका क्रममा झापाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका ९२ जना थुनुवाहरू अझै सम्पर्क नआएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यही भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका ३६, इलाका प्रहरी कार्यालय दमकका ५१ र झिलझिले इलाका प्रहरी कार्यालय पाँच गरी ९२ जना थुनुवा भगेका थिए । उनीहरू हालसम्म पनि सम्पर्क नआएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।

प्रदर्शनकारीले जिल्लाका दमक, विर्तामोड, झिलझिले र काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा आजगनी र तोडफोड गरेका थिए । विर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा आगजनी हुनुअघि प्रदर्शनकारीले नियन्त्रणमा लिएका हतियार सेनाले फिर्ता लिइसकेको छ । (रासस)

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  १२ : ०२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र