राजतन्त्र फर्काउने षडयन्त्र स्वीकार्य छैन : बृहत नागरिक आन्दोलन « Khabarhub

राजतन्त्र फर्काउने षडयन्त्र स्वीकार्य छैन : बृहत नागरिक आन्दोलन


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बृहत नागरिक आन्दोलनले नेपाली सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र स्वीकार्य नहुने प्रष्ट पारेको छ ।

बृहत नागरिक आन्दोलनले बिहीबार विज्ञप्ति जारी गरेर राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र स्वीकार्य नहुने प्रष्ट्याएको हो ।

प्रतिक्रान्तिलाई परास्त गरौँ भन्दै विज्ञप्तिको सुरूवातमै लेखिएको छ, ‘अहिले के स्पष्ट हुँदैछ भने जेन–जीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ । यो हामीलाई पटक्कै स्वीकार्य छैन ।’

जेन–जी आन्दोलनको म्यान्डेड र बलिदानीको आवाज गणतन्त्र र धर्मनिरपेक्षता हटाएर पश्चगमन होस् भन्ने नरहेको नागरिक आन्दोलनको भनाइ छ । जेन–जीले सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने चाहना राखेर आन्दोलन पनि नगरेको विज्ञप्तिमा उल्लेख छ ।

‘जेन–जीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि संगठित र लामो समयदेखि तयारी गरेअनुसार नागरिकप्रति उत्तरदायी सबै राज्यका संस्थाहरू र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ,’ नागरिक आन्दोलनले भनेको छ ।

संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेन–जी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन् गर्दै सैनिक नेतृत्वले आफ्नो भूमिका पूरा गर्नुपर्ने नागरिक आन्दोलनको भनाइ छ ।

तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस्, र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होऊन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १२ : ४५ बजे

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

आजका समाचार : घरदैलो अभियानमा व्यस्त उम्मेदवार, ओलीले मागे चुनावी सुरक्षा र गाजामा इजरायली आक्रमण जारी

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे नेपाली

सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत