राजतन्त्र फर्काउने षडयन्त्र स्वीकार्य छैन : बृहत नागरिक आन्दोलन « Khabarhub

राजतन्त्र फर्काउने षडयन्त्र स्वीकार्य छैन : बृहत नागरिक आन्दोलन


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बृहत नागरिक आन्दोलनले नेपाली सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र स्वीकार्य नहुने प्रष्ट पारेको छ ।

बृहत नागरिक आन्दोलनले बिहीबार विज्ञप्ति जारी गरेर राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र स्वीकार्य नहुने प्रष्ट्याएको हो ।

प्रतिक्रान्तिलाई परास्त गरौँ भन्दै विज्ञप्तिको सुरूवातमै लेखिएको छ, ‘अहिले के स्पष्ट हुँदैछ भने जेन–जीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ । यो हामीलाई पटक्कै स्वीकार्य छैन ।’

जेन–जी आन्दोलनको म्यान्डेड र बलिदानीको आवाज गणतन्त्र र धर्मनिरपेक्षता हटाएर पश्चगमन होस् भन्ने नरहेको नागरिक आन्दोलनको भनाइ छ । जेन–जीले सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने चाहना राखेर आन्दोलन पनि नगरेको विज्ञप्तिमा उल्लेख छ ।

‘जेन–जीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि संगठित र लामो समयदेखि तयारी गरेअनुसार नागरिकप्रति उत्तरदायी सबै राज्यका संस्थाहरू र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ,’ नागरिक आन्दोलनले भनेको छ ।

संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेन–जी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन् गर्दै सैनिक नेतृत्वले आफ्नो भूमिका पूरा गर्नुपर्ने नागरिक आन्दोलनको भनाइ छ ।

तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस्, र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होऊन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १२ : ४५ बजे

आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक भएको

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

आज २०८३ साल जेठ २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या