काभ्रे प्रशासनद्वारा कर्फ्युको समय लम्ब्याइयो « Khabarhub

काभ्रे प्रशासनद्वारा कर्फ्युको समय लम्ब्याइयो


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले  कर्फ्युको समयलाई आज पनि निरन्तरता दिएको छ । समय थप गरी जारी कर्फ्यु आदेशमा आज बिहान १० देखि साँझ ५ बजेसम्म र पुनः साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालद्वारा हस्ताक्षरित कर्फ्यु आदेशमा स्थानीय प्रशासन ऐनबमोजिम जिल्ला सुरक्षा समितिको आज बिहानको निर्णयअनुसार जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । 

आदेशमा जिल्लाभर पाँच जनाभन्दा बढी मानिस जम्मा हुन, आवतजावत गर्न, कुनै पनि प्रकारको भेला–जुलुस प्रदर्शन, सभा र घेराउ गर्न नपाउने उल्लेख गरिएको छ । 

यस्तै, अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शव वाहन, औषधि, दूध र तरकारी बोक्ने सवारीसाधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पर्यटक र अन्तर्राष्ट्रिय हवाई टिकट भएका यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने ढकालले बताए। 

यसअघि जिल्लामा सोमबार राति १० बजेदेखि पटक पटक समय थप गरी आज बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो । स्थानीय प्रशासनद्वारा कर्फ्यु आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न परिचालन भएका हुन् ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  १ : ४७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र