सुशीला कार्की भन्छिन्- मोदीजीको कार्यशैलीबाट प्रभावित छु, भारतसँग मेरो आत्मीय सम्बन्ध छ « Khabarhub

सुशीला कार्की भन्छिन्- मोदीजीको कार्यशैलीबाट प्रभावित छु, भारतसँग मेरो आत्मीय सम्बन्ध छ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनको जोडबल र पहलमा नयाँ सरकार गठन पहल भइरहेका बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिने तयारी गरेकी छन् ।

त्यसकै लागि बुधबार र बिहीबार जंगीअड्डामा वार्ता चलेको छ। यसबीचमा पूर्वप्रधानन्यायाधीश कार्की नेपालदेखि भारतसम्मका सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिइरहेकी छन् ।

उनले एक अन्तर्वातार्तामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेकी छन् । उनले बुधबार एक भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गरेकी छन् ।

उनले आफू मोदीसँग धेरै नै राम्रोसँग प्रभावित भएको पनि बताएकी छन् ।

‘म भारतलाई धेरै सम्मान र माया गर्छु । मोदीजीको कार्यशैलीबाट म प्रभावित छु’, कार्कीले भर्चुअल अन्तर्वार्तामा भनेकी छन्, ‘भारतले नेपाललाई धेरै सहयोग गरेको छ । अहिले नेपालको अवस्था कठिन छ । हामी नेपालको विकासको लागि काम गर्नेछौँ । हामी देशको लागि नयाँ सुरुवात गर्नेछौँ ।’

कार्कीले उक्त अन्तर्वार्तामा नयाँ जिम्मेवारी लिन तयार रहेको पनि बताएकी छन् ।

नेपालमा सोमबार र मंगलबार भएको उथलपुथलपूर्ण आन्दोलनको नेतृत्व गरिरहेको जेनजी समूहले केही समयका लागि आफूलाई अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेको उनले बताएकी छन् ।

सुशीलाले हिन्दीमा दिएको अन्तर्वार्ताको नेपाली सार

पत्रकार : प्रधानमन्त्री मोदीजीलाई तपाईं केही भन्न चहानु हुन्छ ?
पहिलो कुरा म मोदीजीलाई सर्वप्रथम् यहीँबाट नमस्कार गर्छु । म…म… उहाँबाट राम्रोसँग प्रभावित छु । दोस्रो कुरा, यो छ कि अहिले मेरो नाम प्रस्ताव गरिएको छ। तर अझै पनि मेरो नाममा टुंगो भइसकेको छैन। भोलि परिवर्तन हुन पनि सक्छ । यसबारेम केही भन्न सक्दिनँ । मेरो नियुक्त भोलि नै हुने कुरामा म केही भन्न सक्दिनँ । यो कुरा म अहिले यस्तो हुन्छ भनेर भन्न सक्दिनँ । अहिले कुनै टुंगो छैन । भोलि परिवर्तन पनि हुन सक्छ ।

म कुनै बेला भारतमा रहँदाको समयमा भारतीय नेताहरूसँग एकदमै प्रभावित भएकी छु । त्यसबेलामा जब म भारतमा थिएँ, शरदजी त मेरा भाइजस्तै थिए । अहिले उनी यो संसारमा छैनन् । र, मोहनजी अहिले पनि छन्, उनीसँग पनि मेरो बहुतै राम्रो सम्बन्ध छ । बहुत धेरै मानिसहरू भारतमा मेरा साथीका रुपमा छन् ।

हामी उनीहरूलाई आफ्नै भाइ र बहिनीसरह मान्छौँ । उनीहरू यहाँ आउँदा पनि हामीसँग भेट्छन् । कुराकानी भइरहन्छ । हामी पनि भारतमा जाँदा उनीहरूसँग मिल्छौँ । आफनै हिनीसरह हाम्रो सम्बन्ध छ । हामी एकअर्कालाई त्यसैगरी मान्छौँ । मेरा पति दुर्गा सुवेदी कयौँ दिन भारतमै रहनु भएको थियो । त्यसबेला हामीले बनाएका धेरै साथीहरूसँग भेट्ने काम भइरहन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  २ : २७ बजे

शिक्षा पत्रकार पण्डितको स्मृतिमा पुरस्कार घोषणा

काठमाडौं– शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति

भक्तपुर– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई  बिरामीलाई

रेडक्रस सोसाइटीले राजनीतिबाट मुक्त भई निष्पक्ष कार्यसम्पादन गर्नुपर्छः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहेर