भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवाले उठाएको आवाजप्रति पूर्ण समर्थन छ : नेता डा. कोइराला « Khabarhub

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवाले उठाएको आवाजप्रति पूर्ण समर्थन छ : नेता डा. कोइराला


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै नेता डा. कोइरालाले जहाँनीय राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले आफू हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार समाधान हुनुपर्नेमा दृढ रहेको बताएका छन् ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैको आत्मालाई श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त पनि गरेका छन् । साथै, उनले पार्टीका सभापति शेरबहादुर देउवा लगायतका नेता तथा कार्यकर्ताहरू, आन्दोलनकारी र सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

‘सरकारी, सार्वजनिक सञ्चार गृह, उद्योग, व्यवसाय तथा कलकारखाना साथै निजी सम्पत्ति र भवनहरूमा भएको तोडफोड, लुटपाट र व्यक्तिगत आक्रमण जस्ता जघन्य अपराधको म घोर भत्र्सना गर्दछु ।’ उनले भनेका छन् ।

आन्दोलनपश्चात मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल भरिनुपर्ने आवश्यकता रहेको औल्याउँदै उनले यसका लागि देशभित्रका सबै पक्षबीच सहमति, सहकार्य र एकता कायम गरी संवैधानिक मार्गद्वारा शान्तिपूर्ण समाधान निकाल्नु आजको आवश्यकता रहेको उल्लेख गरेका छन् । यसतर्फ जेनजी युवाहरूको पूर्ण सकारात्मक भूमिका रहने उनको विश्वास छ ।

‘जेनजीको भ्रष्टाचार र बेथिति सम्बन्धी न्यायोचित मागहरू वर्तमान संविधानभित्रै रहेर समाधान गर्न सकिनेमा मेरो दृढ विश्वास छ । करिब ६५ वर्ष लामो राजनीतिक संघर्ष, त्याग, तपस्या र बलिदानको परिणामस्वरूप नेपालमा पहिलोपटक जननिर्वाचित संविधानसभाबाट निर्मित संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्न अपिल गर्दछु ।’ उनले लेखेका छन् ।

संवैधानिक समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलको पहल सराहनीय रहेको बताउँदै उनले यस पहलमा सबैको साथ र समर्थन रहने पनि विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ७ : ३० बजे

अस्ट्रेलियामा नेपालीको संख्या दुई लाख नाघ्यो

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय

बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते

काठमाडौँ । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली

जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो