जेन-जीसँगको वार्तामा अलमलबीच सेनाको कडाइ, सबै नेताको फोन अफ, साँझैदेखि बजार बन्द गराउँदा अनेक आशंका | Khabarhub Khabarhub

जेन-जीसँगको वार्तामा अलमलबीच सेनाको कडाइ, सबै नेताको फोन अफ, साँझैदेखि बजार बन्द गराउँदा अनेक आशंका


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमबार र मंगलबार देशव्यापी आन्दोलन गरेका जेन-जीसँगको वार्ताबाट अन्तरिम सरकारको टुंगो लाग्न नसकेको अवस्थामा नेपाली सेनाले कडाइ गर्न थालेको छ ।

सेनाले बिहीबार साँझ ७ बज्नेबित्तिकै काठमाडौँका मुख्य बजार क्षेत्र बन्द गराएको छ । दिनभर सडक गस्तीमा रहेको सेनाले बिहीबार साँझ काठमाडौँका मुख्य बजार क्षेत्र कडा निर्देशनसहित बन्द गराएको हो ।

प्रधानसेनापति अशोक सिग्देल बुधबार र बिहीबार दुई दिन विवादित अभियन्ता दुर्गा प्रसाईंसँग लामो सम्वादमा थिए । प्रसाईंले आफूलाई अहिले पूर्वराजा ज्ञानेन्द्र शाहको असली प्रतिनिधिका रुपमा चिनाउँदै आएका छन् ।

कुनै हालतमा राजा फर्काउनुपर्ने पक्षमा उभिएका पूर्व एमाले नेता उनी चैत १५ को घटनामा करिब ३ महिना जेल परेका व्यक्ति हुन्। तर उनैसँग प्रधानसेनापति सिग्देल बाक्लो संवादमा छन् ।

सिग्देलले बुधबार मात्रै जेन-जीका नेताहरूसँगको भेटमा प्रसाईंलाई पनि यो आन्दोलनको हिस्सेदारका रुपमा प्रस्तुत गरेका थिए । उनले जेन-जीलाई प्रसाईंसँग पनि वार्ता गरेर कुरो मिलाउन भनेका थिए ।

बुधबार करिब ६ घण्टा जंगी अड्डामा बिताएका प्रसाईंलाई बिहीबार बिहान सेनाले आफ्नै सुरक्षासहित ल्याएको थियो । अन्तरिम सरकारकी प्रधानमन्त्रीका रुपमा हेरिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र प्रसाईंलाई सेनाले विशेष सुरक्षासहित जंगी अड्डा लगेको थियो ।

यता दुई दिनमै दुईतिहाइको शक्तिशाली सरकार पल्टाएका जेन-जीहरू भने बुधबार राति र बिहीबार दिनभर भद्रकाली अगाडिको सडकमा एकआपसमा गलफत्ती गरेर बसे । उनीहरूबीच त्यहाँ कुटाकुटसमेत भएको छ।

नेताहरूमाथि कडाइ

यसैबीच प्रसाईंसहितका व्यक्तिहरूसँग संवाद गरिरहेको सेनाले मंगलबार सुरक्षाका लागि उठाइएका नेताहरूमाथि कडाइ गरेको छ । उनीहरूका मोबाइल फोन र सामाजिक सञ्जालमासमेत प्रतिबन्ध लगाएर सेनाले कडाइ गरेको हो ।

कामचलाउ प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपकमल लादहा प्रचण्डसमेत अहिले सेनाकव नियन्त्रणमा छन् । सेनाले आफ्नो नियन्त्रणमा रहेका नेताहरूलाई अघोषित नजरबन्दको शैलीमा राखेपछि अनेक शंका उपशंका उब्जिएका छन् ।

देश इतिहासकै सबैभन्दा तरल र अस्थिर अवस्थाबाट गुज्रिरहँदा सामाजिक सञ्जालमा सेनाको योजनामा राजसंस्था फर्काउन लागेको आशंका पनि गर्न थालेका छन् । उनीहरूले बिहीबार मध्यरातिसम्म सेनाले कुनै ठूलो निर्णय लिन सक्ने लख काट्न थालेका छन् ।

तर उनीहरूको अनुमानबीच सेनाले शुक्रबारका लागि कर्फ्यु केही खुकुलो बनाएको छ । गृहप्रशासन निष्प्रभावी भएको अवस्थामा जंगी अड्डा आफैंले कर्फ्यु जारी गरिरहेको छ । अब उसैले कर्फ्यु र निषेधाज्ञामा हेरफरेको क्रम अघि बढाएको छ।

जेन-जीसँगको संवादले दुई दिनमा पनि गाँठो फुक्न नसकेको अवस्थामा सेनाले चाल्न सक्ने सम्भावित कददमा धेरैको नजर टिकेको छ ।

बिहीबार साँझैदेखि बजार बन्द गराउन सेना उत्रिएपछि यस्तो शंकामा थप मलजल भएको छ। यसैबीच सेनाले संसद् भवन बानेश्वर क्षेत्रसहितका सडकबाट पत्रकारहरूलाई समेत हिँडडुलमा कडाइ गर्न थालेको । आवातजावतमा रोक लगाएपछि पत्रकारहरूलाई पनि रिपोर्टिङमा निस्किन कठिन हुन थालेको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १० : ०७ बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले