मलेसिया-थाइल्यान्ड समुद्री सीमामा आप्रवासी बोकेको डुङ्गा दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो « Khabarhub

मलेसिया-थाइल्यान्ड समुद्री सीमामा आप्रवासी बोकेको डुङ्गा दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कोलालम्पुर– मलेसिया–थाइल्यान्ड समुद्री सीमामा  कागजातविहीन आप्रवासी बोकेको डुङ्गा गत हप्ता डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको तथा १३ जनालाई उद्धार गरिएको अधिकारीहरूले मंगलबार बताएका छन् ।

सोमबार केदाह राज्यमा एक बच्चा, दुई पुरुष र दुई महिलासहित पाँच जनाको शव फेला परेको केदाह र पर्लिस राज्यका लागि मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) का निर्देशक रोमली मुस्तफाले विज्ञप्ति मार्फत बताएका छन् । 

खराब मौसमका कारण स्थगित गरिएको खोजी कार्य ममंलबार देखि पुनः सुरु गरिएको उनले बताए ।  

यस वर्ष मात्रै केदाह राज्यको प्रमुख पर्यटकीय गन्तव्य लाङ्गकावी वरपर ४३६ आप्रवासीहरू पक्राउ भएको जनाउँदै उनीहरू यहाँ बस्नका लागि नभई देशका अन्य भागमा जानका लागि आएको बताए ।  

यसैबीच, एमएमइएले सन् २०२० देखि सोही क्षेत्र हुँदै देशमा प्रवेश गर्न खोज्ने करिब एक हजार ३३३ अवैध आप्रवासीलाई रोकिसकेको बताएको छ । 

सोही अवधिमा २४ जना क्याप्टेन र चालक दलका सदस्यहरूलाई समेत नियन्त्रणमा लिई हिरासतमा लिइएको जनाइएको छ । रासस

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : ४८ बजे

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन।