ईश्वर पोखरेललई ओलीको जवाफ : उपाध्यक्षज्यूलाई किन सन्चो भएन उहाँलाई नै सोध्नुपर्छ « Khabarhub

ईश्वर पोखरेललई ओलीको जवाफ : उपाध्यक्षज्यूलाई किन सन्चो भएन उहाँलाई नै सोध्नुपर्छ


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनको प्रसंगमा आफूले बयान दिन जानुपर्ने भनेर बुधबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बोलेको कुरामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन्।

बिहीबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा उनले पोखरेलको भनाइलाई लिएर आक्रोश पोखेका हुन् ।

‘उपाध्यक्षज्यूलाई किन सन्चो भएन उहाँलाई नै सोध्नुपर्छ । बयान दिन जाने नजाने मेरो कुरा हो । के कानुनी व्यवस्था के छ मैले हेरेको छु’, उनले भने, ‘त्यसबापद के सजाय भोग्नुपर्छ त्यो मलाई थाहा छ । प्रधानमन्त्री सुशीला कार्की र हाम्रा वरिष्ठ उपाध्यक्ष लगायतको मनासय र चहाना एउटै छ।’

ओलीले आफूलाई जनताले माया गरेकाले विरोधीले लखेट्दैमा फरक नपर्ने बताए । ‘मलाई जनताले माया गरेका छन् । विरोधीहरूले लखेटेका छन् । विरोधीहरूले लखेटेर म कहीँ गएको छैन’, उनले भने, ‘म हावा भरेको भकुन्डो हो, जति पछार्‍यो त्यति माथि जान्छु । वरिष्ठ उपाध्यक्ष किन तातिनु भएको हो ? किन जिद्दी गर्नु भएको हो थाहा भएन ।’

उनले पोखरेललाई क्षुद्र र वैरभाव ढंगले अघि नबढ्न सुझाए । ‘उहाँ किन यति साह्रो लाग्नु भएको हो थाहा भएन, उहाँले राजनीति गरे हुन्थ्यो’, ओलीले भने, ‘तर यो सरकार र उहाँहरूको उद्धेश्य के हो मलाई राम्रोसँग थाहा छ ।’

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  २ : ०४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन