खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख « Khabarhub

खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कैलाली– लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम दुई करोड बढी रहेको छ ।

कार्यालयका लेखा शाखा प्रमुख पंकजकुमार दासका अनुसार विगत लामो समयदेखि आर्थिक वर्ष २०८१-८२ सम्म निजी र सार्वजनिक ग्राहकबाट उठाउन बाँकी रहेको रकम दुई करोड ३१ लाख २४ हजार २५० रहेको छ । निजी ९८५ र सरकारी ४४ गरी एक हजार २९ खानेपानीको सेवा लिएका ग्राहकबाट सो बक्यौता रकम उठाउँन बाँकी रहेको लेखा शाखा प्रमुख दासले बताए । 

त्यसमध्ये सरकारी कार्यालयबाट उठाउन बाँकी रकम ३२ लाख रहेको छ । खानेपानी संस्थान धनगढीले धनगढी उपमहानगरपालिकाभित्रका वडा नं १, २, ३ ,४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा आफ्नो सेवा विस्तार गरी खानेपानी वितरण गर्दै आएको छ । केही वडामा भने चालु आर्थिक वर्षबाट खानेपानी वितरणको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

विसं २०४६ मा स्थापना भएको नेपाल खानेपानी संस्थान धनगढीले यहाँका आम उपभोक्तालाई दैनिक १८ देखि २० घण्टामा १५ लाख एमएलडी (लिटर) जति पानी वितरण गर्ने गरेको कार्यालयको खानेपानी वितरण शाखाले जनाएको छ । 

खानेपानी संस्थान, धनगढीका हाल १० हजार ४५० सेवाग्राही रहेका छन् । संस्थानले खानेपानी उपभोग गरेबापत मासिक रुपमा न्यूनतम शुल्क रु ११० सेवा शुल्क लिँदै आएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ३ : ३६ बजे

बागमतीमा नयाँ सरकारको संकट उस्तै : राप्रपाको विवाद र नेकपाको असन्तुष्टिबीच बहिष्कार गर्न कांग्रेस ह्विप

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार फेरि प्रदेशसभाबाट

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा