‘निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि अघि बढाइरहेका छौँ’ « Khabarhub

‘निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि अघि बढाइरहेका छौँ’


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै अघि बढाइरहेको बताएकी छन् ।  

बिहीबार सिंहदरबारमा जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भए पनि भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै अघि बढाइरहेको बताएकी हुन् ।

उनले राजनीति गर्नेहरूले केवल भाषण गरेर विचार मात्रै पोख्ने गरेकाले अब मुलुकमा उत्पादनलाई केन्द्रमा राखेर काम गर्ने पार्टीको आवश्यकता रहेको पनि बताइन् । 

त्यस्तै उनले राम्रो काम गर्ने र देशको आर्थिक समृद्धि तथा सुशासनका निम्ति प्रतिबद्ध सांसद जिताएर संसदमा पठाउन सुझाव दिइन् ।

भेटका क्रममा जय मातृभूमि पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरी लगायतको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

पार्टीले निर्वाचनको वातावरण बनाउन जेन-जी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कारबाही हुनुपर्ने माग पनि राखेको भने सरकारको मूल मुद्दा नै भ्रष्टाचारविरुद्धको कारबाही रहेकाले यसैमा केन्द्रित रहेर आफ्ना काम–कारबाही अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ६ : १६ बजे

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एजेन्सी– एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा

गणेश नेपालीको मृत्युपछि सरकारविरुद्ध वीर अस्पतालमा आफन्तको नाराबाजी

काठमाडौं– यतिबेला वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै

नागरिकको मृत्यु हुँदा माफी माग्ने ती सुशीला, चुपचाप यी बालेन्द्र

काठमाडौं– राज्यको निकायबाट झमेला बेहोरेकै कारण मृत्युको बाटो रोजेकी एक

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै