इंग्ल्याण्डविरुद्धको टी-२० सिरिज : सूर्यकुमार भारतीय टिम कप्तान बन्दा अटाएनन् पन्त « Khabarhub

इंग्ल्याण्डविरुद्धको टी-२० सिरिज : सूर्यकुमार भारतीय टिम कप्तान बन्दा अटाएनन् पन्त


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

दिल्ली – भारतले इंग्ल्याण्डविरुद्ध हुने ५ खेलको टी-२० शृङ्खलाका लागि टोलीको घोषणा गरेको छ। सन् २०२३ को एक दिवसीय विश्वकपपछि मोहम्मद सामी पहिलो पटक टोलीमा फर्केका छन्।

सन् २०२४ को टी-२० विश्वकप विजयी टोलीका विकेट किपर ऋषभ पन्त भने टोलीमा छैनन्। सञ्जु सामसन र ध्रुव जुरेल टोलीमा छन्।
२२ जनवरीमा पहिलो खेल कोलकातामा हुने सो टी-२० शृङ्खलाका लागि भारतीय छनोटकर्ताले सूर्यकुमार यादवको नेतृत्वमा टोलीको छनोट गरेका हुन्।

एक दिवसीय शृङ्खला तथा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि टोलीको घोषणा गरेका छैनन्। च्याम्पियन्स ट्रफीका लागि अन्तिम टोली घोषणाको मिति १२ जनवरी नै हो।

अस्ट्रेलियासँगको अन्तिम टेस्टको दौरान हातमा चोट बोकेका जसप्रित बुमराह पनि टोलीमा छैनन्। पाखुराको चोटसँग सङ्घर्ष गरी रहेका ब्याटिङ अलराउण्डर रियान पराग पनि टोलीमा छैनन्। यशस्वी जयसवाल र शुभमन गिललाई पनि आराम दिइएको छ।

नोभेम्बरमा दक्षिण अफ्रिकासँग ३-१ को सफलता पाएको टोलीमा रहेका रमन दीप सिंह, जितेस शर्मा, अभेष खान, यस दयाल र विजय कुमार वयस्क यस पटक टोलीमा छैनन्।

अस्ट्रेलिया भ्रमणको दौरान टोलीमा रहेका नितिस कुमार रेड्डी, वासिङ्टन सुन्दर, हर्षित राना र ध्रुव जुरेलले उनीहरूलाई प्रतिस्थापन गरेका हुन्।

भारतीय क्रिकेट बोर्डले अक्षर पटेललाई उपकप्तान घोषित गरेको छ। यसअघि बङ्गलादेश र श्रीलंकासँगको शृङ्खलामा उपकप्तान चयन गरिएको थिएन भने जुलाईमा श्रीलंकासँग भएको शृङ्खलाका लागि गिलले उपकप्तानको जिम्मेवारी पाएका थिए।

२२ जनवरीदेखि २ फेब्रुअरीको बिचमा कोलकाता, चेन्नाइ, राजकोट, मुम्बई र पुनेमा खेल हुँदैछ। त्यसपछि ६ फेब्रुअरीमा नागपुर, ९ मा कटक तथा १२ मा अहमदाबादमा एक दिवसीय खेल हुनेछ। १९ फेब्रुअरीमा च्याम्पियन्स ट्रफी सुरु हुँदैछ।

भारतीय टोली
सूर्य कुमार यादव (कप्तान),सञ्जु सामसन (विकेट किपर), अभिषेक शर्मा, तिलक बर्मा, नितिस कुमार रेड्डी, मोहम्मद सामी, आर्सदिप सिंह, हर्षित राना, ध्रुव जुरेल (विकेट किपर), रिंकु सिंह, हार्दिक पाण्डे, अक्षर पटेल, रवि विस्नोइ, वरुण चक्रवर्ती र वासिङ्टन सुन्दर।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ६ : ३० बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर