स्वर्णलक्ष्मी सहकारी ठगी : लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै « Khabarhub

स्वर्णलक्ष्मी सहकारी ठगी : लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज बयानका लागि काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन्।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा उनीमाथि मुद्दा परेकाले काठमाडौं अदालतमा हाजिर हुन लागेका हुन्।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलपको मुद्दामा जिल्ला अदालत, कास्कीबाट गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

रिहा भए लगत्तै शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण आज मात्रै हाजिर हुन लागेका हुन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : ३६ बजे

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्य प्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार