सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन « Khabarhub

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी डिजिटलले बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौंको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।

यी शाखाहरूमा ग्राहकले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणलगायतका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नेछन् ।

जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै: एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, एलिका, सेन्सेइ, ब्ल्याक डेकर, क्रमस्टन, नोथिङ र एप्पल आइफोनलगायतका उत्पादनहरू उपलब्ध छन् ।

कम्पनीका अनुसार यहाँ भएका विद्युतीय सामग्रीको पूर्ण जानकारी र यस अवसरमा ग्राहकले ३० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।, तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

कम्पनीका अनुसार यसमा फ्री डेलिभरी, फ्री इन्सटलेसन, अन स्पोट इएमआई, एक्सचेन्ज अफसर, र लियालिटी पोइन्ट्स जस्ता सुविधाहरू पनि समावेश छन् ।

कम्पनीले नयाँ शाखाहरूमा फ्री कुकिङ क्लास र लाइभ डेमोको समेत व्यवस्था गरेको छ, जसमा सहभागी भएर खाना पकाउने कला सिक्न सकिने छ ।

यी ५ वटासमेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  २ : ४३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार