‘विवादका राजा’ आरोप खपेका प्रकाशको जवाफ : पृथ्वीनारायण शाह खुसी हुन्छन्‌ होला ! « Khabarhub

‘विवादका राजा’ आरोप खपेका प्रकाशको जवाफ : पृथ्वीनारायण शाह खुसी हुन्छन्‌ होला !


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सुपतको डेब्यू निर्देशकीय फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्‍यो झमक्क्क’ शनिबार सार्वजनिक भएको छ ।

कमलादीमा आयोजित गीत सार्वजनिक कार्यक्रमको मुख्य आकर्षण फिल्मका नायकसमेत रहेका प्रकाश र नायिका स्वस्तिमा खड्का थिए । उनीहरू रातो रङको ‘म्याचिङ ड्रेस’ लगाएका थिए ।

गीत सार्वजनिकपछि सञ्चारकर्मीसँगको अन्तक्रियामा ‘कामी’ शब्दले चर्चा पायो । यो शब्दबारे प्रश्न उत्तर हुनुको कारण हो – उही भर्खरै सार्वजनिक गीत ‘साँझ पर्‍यो झमक्कै !’

यो गीतको सुरुवातमै नायिका स्वस्तिमाले प्रकाशलाई भन्छिन्, ‘तिम्रो घर लैजाउन । अनि पुग्ने ठाउँ पनि एउटै ! बाटो पनि एउटै ! लैजाउभन्दा लाने होइन, डरछेरुवा कामी !’

प्रकाशले जवाफ फर्काउँछन्, ‘जामभन्दा जाने होइन, उत्तौली बाहुनी !’

फिल्ममा प्रकाश दलित समुदायको किशोर ‘वसन्त’ र स्वस्तिमाले ब्राह्मण समुदायकी किशोरी ‘शान्ति’को भूमिका निर्वाह गरेकी छन् ।

सोहीकारण सञ्चारकर्मीहरूले प्रकाशलाई गीतमा ब्राह्मण समुदायकी युवतीले दलित समुदायको युवकलाई ‘कामी’ भनेर सम्बोधन गरको संवाद राख्नुको कारणबारे सोधेका थिए ।

‘अक्सर दलितलाई जात तोकिएर होच्याइन्छ, गीतमा यही संवाद राख्नुको कारण के हो ?’ भन्ने प्रश्नमा प्रकाशको जवाफ थियो, ‘यो जात नै भन्नुहुँदैन भन्ने होइन । तर भन्ने मान्छेको नियतमा भरपर्छ । यो गीतको संवाद होच्याउने नियतको होइन । दर्शकले त्यसरी ग्रहण गर्नुहुन्छ जस्तो लाग्दैन ।’

प्रकाशका गीतहरू प्रायः विवादमा आउँछन् । केही शब्द र दृश्यका कारण उनले गीत पुनः सार्वजनिक समेत गर्नुपरेको छ । सोहीकारण उनलाई ‘विवाद किङ’को आरोप लाग्ने गरेको छ ।

विवाद किङको आरोपबारे उनले व्यङ्ग्यात्मक शैलीमा जवाफ दिए । भने, ‘विवाद किङ भनिदिनुभयो । आज पृथ्वीनारायण शाह कति खुसी हुनुहुन्छ होला ! अझै राजा रहेछन् भनेर ।’

‘यो गीतमा प्रयोग भएको ‘कामी’ शब्द कतै विवादमा पार्ने नियतले त राखिएको होइन ?’ कार्यक्रममा प्रकाशले यो प्रश्नसमेत सामना गर्नुपर्‍यो ।

उनको जवाफ थियो, ‘यी लाइनले नै विवादमा परिन्छ जस्तो मलाई लाग्दैन । विवादमै पर्‍यो भने चाहिँ मलाई विवाद किङभन्दा ठूलो आरोप लगाउँदा भयो ।’

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ३ : ४० बजे

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो