कांग्रेस नेताहरू चीन भ्रमणमा जाँदै « Khabarhub

कांग्रेस नेताहरू चीन भ्रमणमा जाँदै


२९ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेताहरू उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् । केन्द्रीय सदस्य बलबहादुर केसीको नेतृत्वमा कांग्रेस नेताहरू साताव्यापी चीन भ्रमणमा जान लागेका हुन् । 

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा आफूहरू बिहीबार रातीको उडानबाट चीनको बेइजिङ जाने तयारी रहेको नेता केसीले जानकारी दिए । उनकाअनुसार कांग्रेसको भ्रमण टोली राति ११ः३० बजे काठमाडौंबाट चीनको गोन्झाओ हुँदै शुक्रबार दिउँसो बेइजिङ पुग्ने कार्यक्रम छ ।

‘चिनियाँ कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसलाई पार्टी टु पार्टी छलफलका लागि आमन्त्रण गरेको हो,’ केन्द्रीय सदस्य केसीले खबरहबसँग भने, ‘पार्टीले मलाई टोलीको नेतृत्व गरेर जान जिम्मेवारी दिएको छ । हामी १७ जना चीन जान लागेका छौँ ।’ 

नेता केसीले चीन भ्रमणमा जानुअघि बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेर सरसल्लाह गरेका छन् । यसअघि केसीले इतर समूहको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापासँग पनि भेटघाट र सरसल्लाह गरेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  २ : ३२ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका