मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा « Khabarhub

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । 

माहाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको बताए। 

‘हाल देशभर आंशिकदेखि साधारणतया बदली, कोशी प्रदेशको इलाम, बागमती प्रदेशको काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौंर चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ’, उनले भने।

उनका अनुसार इलाम आसपास र बर्दिया आसपासका एक-दुई स्थानमा भारी वर्षासमेत भइरहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ । झाकाअनुसार काठमाडौँ उपत्यकामा शनिबारसम्म वर्षाको सम्भावना छ । 

माहाशाखाले शुक्रबार बिहानसम्म कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । साथै कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ । 
    
महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नु तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ०३ बजे

सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने कुराले उत्साहित छौँ : अध्यक्ष पाण्डे

काठमाडौं- लामो समयदेखि रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको

सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको भेट

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज

लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा

ज्येष्ठ नागरिकको ५० प्रतिशत भाडा छुट कार्यान्वयन गर्न मन्त्रालयको पहल

काठमाडौं – ज्येष्ठ नागरिकका लागि कानुनमा सुनिश्चित गरिएका सुविधा प्रभावकारी