पोखरामा सीजी हिरो मोटोकर्पले ‘एक्सट्रयाक’ आयोजना गर्ने « Khabarhub

पोखरामा सीजी हिरो मोटोकर्पले ‘एक्सट्रयाक’ आयोजना गर्ने


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी हिरो मोटोकर्पले एक्सट्रयाकको दोस्रो संस्करण पोखरामा यही शनिबार गर्ने भएको छ । पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित ‘डर्ट टेम्पल’मा ३ सय बढी राइडरहरुको सहभागितामा ‘एक्सट्रयाक’ इभेन्ट सम्पन्न गरेसँगै अब पोखरामा पनि गर्नलागेको हो ।

पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने ‘एक्सट्रयाक इभेन्ट’ बिहान १० बजेबाट सुरु हुनेछ ।

पोखराको इभेन्टमा मोटरसाइकलप्रेमी राइडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राइडिङ्गको अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ ।

यस इभेन्टमा सहभागिता जनाउन चहनेले हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेजान गई निःशुल्क रूपमा रजिष्ट्रेसन गरी आफ्नो सिट सुरक्षित गर्नुपर्नेछ । सहभागिताका लागि चालक अनुमति पत्रका साथ सेफ्टी गियरहरु साथमामा लिएर आउनु पर्नेछ । 

इभेन्टमा सहभागी तथा अनुभवी राईडरहरुका लागि हिरो मोटोकर्पका तर्फबाट मोटरसाइकल उपलब्ध गराइनेछ । साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले बताएको छ । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ५२ बजे

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता