दुर्गेशले भने– मेरो जापानको भिसा ‘रिजेक्ट’ भएको होइन « Khabarhub

दुर्गेशले भने– मेरो जापानको भिसा ‘रिजेक्ट’ भएको होइन


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले चर्चामा रहेका गायक तथा मोडल दुर्गेश थापाले आफ्नो जापानको भिसा अस्वीकार भएको विषय भ्रामक रहेको स्पष्टीकरण दिएका छन् ।

कार्यव्यस्तताले गर्दा आफू जापानको कार्यक्रममा उस्थित हुन नपाएको उनको भनाइ छ ।

गल्कोट समाज जपानले जापानस्थित ओसाका सहरमा जुन १४–१५ गते सम्म आयोजना गर्न लागेको ‘नेपाल महोत्सव २०२५’ मा जान दुर्गेशले भिसा नपाएको खबर फैलिएको थियो ।

जुन ७ मा कुवेतका लागि पहिल्यै कार्यक्रम गर्ने निर्णय भएकाले जपान जान नपाएको खुलाएका छन् । तर, जापानका आयोजकहरुलाई आफ्नो पासपोर्ट बुझाएको भने स्वीकार गरेका छन् ।

आफूले भ्याउदिनँ भन्दा आयोजकले छिट्टै भिसा निकालिदिन्छु भन्ने बचन दिएपछि पासपोर्ट बुझाएको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले लेखेका छन्, ‘कुवेतको कार्यक्रम नजिकिँदै गर्दा पासपोर्ट बिना विदेश जान नसकिने हुँदा, मैले आफ्नो पासपोर्ट तीन दिनमै फिर्ता लिनुपर्‍यो ।’

जापानका आयोजनसँग कुनै पनि किसिमको सम्झौता नभएको दुर्गेशको दाबी छ ।

उनले जापानका दर्शकसँग रमाइने इच्छा भएको समेत बताएका छन् ।

आयोजक गल्कोट समाज जपानले एक महिनाअघि देखि कार्यक्रममा दुर्गेश आउने भनेर प्रचार गरेको पाइएको छ । उक्त प्रचारमा दुर्गेशसिहत गायकहरु रामचन्द्र चन्द, विष्णु खत्री, विक्रम परियार र गायिका अनिता चलाउने कार्यक्रममा उपस्थित हुने उल्लेख गरिएको छ ।

गायिका चलाउनेले पनि उक्त प्रचार सामाग्री आफ्नो फेसबुकमा सेयर गरेकी छन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै