भिजिट भिसासहितका भ्रष्टाचारको छानबिनमा कांग्रेस–एमाले प्रतिबद्ध, माओवादी र समाजवादी पनि सहमत « Khabarhub

भिजिट भिसासहितका भ्रष्टाचारको छानबिनमा कांग्रेस–एमाले प्रतिबद्ध, माओवादी र समाजवादी पनि सहमत


२९ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणसहितका भ्रष्टाचारको छानबिन गर्ने प्रतिवद्धता जनाएका छन् । 

संघीय संसद् भवनमा बिहीबार बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा कांग्रेस–एमालेले भिजिट भिसा प्रकरणसहितका भ्रष्टाचारको छानबिन गर्ने साझा प्रतिवद्धता जनाएका हुन् ।   

कांग्रेस र एमालेका उक्त साझा प्रतिवद्धतापछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी जेठ पहिलो १३ देखि सुरु भएको संसद्को गतिरोध हटाउन तयार भएका छन् । 

एमालेका एक नेताले खबरहबलाई बताएअनुसार दुई दलको साझा प्रतिवद्धतामा असन्तुष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मनाउने वचन माओवादी केन्द्रले बैठकमा दिएको छ । 

‘हामीले छानबिन या संसदीय समिति बनाउने कुरामा सहमति गरेको होइन,’ ती नेताले भने, ‘हामी दुई दल भ्रष्टाचार र अनियमितताबारे छानबिन गरी सुशासन कायम गर्न प्रतिवद्ध रहेकाले प्रतिपक्षी दलहरू त्यस कुरामा कन्भिन्स भएर संसद्को गतिरोध हटाउने दिशामा अघि बढेका छौँ ।’

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : ५१ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका