पाल्पा रामपुरका ३८९ योजना सम्पन्न | Khabarhub Khabarhub

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना सम्पन्न गरेको छ ।

चालु आर्थिक वर्षमा नगरपालिकाको ४०३ वटा योजना रहेकामध्ये ३८९ वटा योजना सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए ।

नौवटा सम्झौता नभएको र पाँचवटा सम्झौता भए पनि काम नभएको योजना शाखा प्रमुख बस्नेतले बताए ।

ठेक्का प्रक्रिया र उपभोक्तामार्फत हुने योजना समयमै सुरू भई सम्पन्न भएका कारण यस वर्ष योजनाका काम छिटो सम्पन्न भएका हुन् । नगरपालिकाभित्र सञ्चालन हुने योजनाको अनुगमन र ताकेताका कारण पनि धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

नगरवासीको सेवा सहजताका लागि घुम्ती शिविरमार्फत योजना सम्झौता, खाता खोल्ने र भुक्तानीको व्यवस्था गरेको र वडावडामै प्राविधिक कर्मचारीको व्यवस्था गरेका कारण धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

योजना कार्यान्वयनका लागि सहजीकरण गरेका कारण पनि ठेक्कामार्फत भएका योजना सहज रूपमा समयमै सम्पन्न भएका छन् । (रासस)

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ११ : १९ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं