पशुपालक किसानलाई नगद अनुदान « Khabarhub

पशुपालक किसानलाई नगद अनुदान


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ ।

चालु आर्थिक वर्ष २०८१–०८२ मा सञ्चालन गरिएको ‘मासुजन्य उत्पादन अनुदान कार्यक्रम’ अन्तर्गत पालिकाभित्रका ६१ जना किसानलाई ६ लाख ३०५ रुपैयाँ बराबरको अनुदान रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

कार्यक्रमले मासुजन्य उत्पादन वृद्धि मात्र नभई विस्तारै स्थानीय रोजगारी सिर्जनामा समेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । मासुजन्य उत्पादनका आधारमा अनुदान प्राप्त गर्ने किसानले ९०० देखि ५० हजारसम्म नगद अनुदान प्राप्त गरेको गाउँपालिका पशुसेवा शाखाका प्रमुख हर्क कार्कीले जानकारी दिए ।

‘अनुदानका लागि किसानको गोठमै पुगेर स्थलगत निरीक्षण तथा नापतौल गरेर अनुदान वितरण गरिएको छ’, उनले भने, ‘अनुदान कार्यक्रमले किसानमा व्यावसायिक पशुपालनतर्फको आकर्षण बढ्न थालेको छ ।’

गाउँपालिकाले खसीको मासुमा प्रतिकेजी ३०, राँगाको मासुमा १५, बङ्गुरको मासुमा ४० र बोइलर कुखुराको (३५–४५ दिन उमेरका) प्रतिगोटा ७० रुपैयाँका दरले नगद अनुदान दिने व्यवस्था गरेको छ । अनुदान प्राप्त गर्ने किसानलाई बैंक खातामार्फत भुक्तानी दिने गरिएको प्रमुख कार्कीले बताए ।

गाउँपालिकाले वडा नम्बर १ का नौ जना, वडा नम्बर २ का २२ जना, वडा नम्बर ३ का एक जना, वडा नम्बर ४ का तीन जना, वडा नम्बर ५ का दुई जना, वडा नम्बर ६ का तीन जना र वडा नम्बर ७ का २१ जना किसान लाभान्वित भएका छन् । मासुजन्य उत्पादनमा अनुदान पाएपछि किसान खुसी भएका छन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागिसमेत मासुजन्य उत्पादन अनुदानका लागि बजेट विनियोजन गरेको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ११ : ५१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको