पशुपालक किसानलाई नगद अनुदान « Khabarhub

पशुपालक किसानलाई नगद अनुदान


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ ।

चालु आर्थिक वर्ष २०८१–०८२ मा सञ्चालन गरिएको ‘मासुजन्य उत्पादन अनुदान कार्यक्रम’ अन्तर्गत पालिकाभित्रका ६१ जना किसानलाई ६ लाख ३०५ रुपैयाँ बराबरको अनुदान रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

कार्यक्रमले मासुजन्य उत्पादन वृद्धि मात्र नभई विस्तारै स्थानीय रोजगारी सिर्जनामा समेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । मासुजन्य उत्पादनका आधारमा अनुदान प्राप्त गर्ने किसानले ९०० देखि ५० हजारसम्म नगद अनुदान प्राप्त गरेको गाउँपालिका पशुसेवा शाखाका प्रमुख हर्क कार्कीले जानकारी दिए ।

‘अनुदानका लागि किसानको गोठमै पुगेर स्थलगत निरीक्षण तथा नापतौल गरेर अनुदान वितरण गरिएको छ’, उनले भने, ‘अनुदान कार्यक्रमले किसानमा व्यावसायिक पशुपालनतर्फको आकर्षण बढ्न थालेको छ ।’

गाउँपालिकाले खसीको मासुमा प्रतिकेजी ३०, राँगाको मासुमा १५, बङ्गुरको मासुमा ४० र बोइलर कुखुराको (३५–४५ दिन उमेरका) प्रतिगोटा ७० रुपैयाँका दरले नगद अनुदान दिने व्यवस्था गरेको छ । अनुदान प्राप्त गर्ने किसानलाई बैंक खातामार्फत भुक्तानी दिने गरिएको प्रमुख कार्कीले बताए ।

गाउँपालिकाले वडा नम्बर १ का नौ जना, वडा नम्बर २ का २२ जना, वडा नम्बर ३ का एक जना, वडा नम्बर ४ का तीन जना, वडा नम्बर ५ का दुई जना, वडा नम्बर ६ का तीन जना र वडा नम्बर ७ का २१ जना किसान लाभान्वित भएका छन् । मासुजन्य उत्पादनमा अनुदान पाएपछि किसान खुसी भएका छन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागिसमेत मासुजन्य उत्पादन अनुदानका लागि बजेट विनियोजन गरेको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ११ : ५१ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम