टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू)  « Khabarhub

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीमा थुप्रै सवारिसाधन बगेका छन् । बाढीले बगाएकामा व्यवसायीले चीनबाट ल्याएका नयाँ ईभी बढी छन् ।

भन्सार जाँचपास गर्न बाँकी गाडीहरू भन्सार यार्डमा राखिएका थिए। एक्कासि ठूलो बाढी आउँदा ती गाडी बगेका हुन्। नबगेका गाडी पनि हिलोमा डुबेका छन्। बाढीमा हराएका मध्ये ८ वटा ईभी गाडी फेला परेका उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । टिमुरे भन्सार क्षेत्रमा बचेका ईभी गाडी पनि बिजोग अवस्थामा छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले रसुवामा आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको जनाएको छ।

Electri vehicle in Rasuwagadhi. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  २ : ०६ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै