जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित « Khabarhub

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका सातवटै स्थानीय तहअन्तर्गत १६ देखि २३ महिना उमेर समूहमा पर्ने बालबालिकाले राष्ट्रिय नियमित खोप तालिका अनुसार तोकिएको सम्पूर्ण खोप सेवा प्राप्त गरेसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा सुनील पुनले १६ देखि २३ महिना उमेर समूहका बालबालिकाले नियमित खोप तालिका अनुसार सम्पूर्ण खोप लिइसकेपछि जिल्लाले पूर्णखोप सुनिश्चितता हासिल गरेको जानकारी दिए ।

पूर्णखोप सुनिश्चितता अभियानअन्तर्गत जिल्लाका हजारौँ बालबालिकालाई लक्षित गरी खोप सेवा पुर्‍याइएको हो । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुखहरू, विभिन्न वडाका अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सङ्घसंस्था, पत्रकार र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।

जिल्लालाई पूर्णखोप सुनिश्चित बनाउनुका साथै आगामी दिनमा यसको दिगोपना कायम राख्न सबैपक्षले निरन्तर सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममार्फत बालस्वास्थ्य र खोपको पहुँच विस्तार गर्न आवश्यक रणनीति र सहयोगको खाका प्रस्तुत गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयको ‘सबै बालबालिकालाई पूर्णखोप’ भन्ने लक्ष्यअनुसार अगाडि बढाइएको अभियानमा जाजरकोटले उल्लेखनीय सफलतासँगै कर्णाली प्रदेशमा उदाहरणीय उपलब्धि हासिल गरेको छ । 

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ५ : ५१ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम