जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित « Khabarhub

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका सातवटै स्थानीय तहअन्तर्गत १६ देखि २३ महिना उमेर समूहमा पर्ने बालबालिकाले राष्ट्रिय नियमित खोप तालिका अनुसार तोकिएको सम्पूर्ण खोप सेवा प्राप्त गरेसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा सुनील पुनले १६ देखि २३ महिना उमेर समूहका बालबालिकाले नियमित खोप तालिका अनुसार सम्पूर्ण खोप लिइसकेपछि जिल्लाले पूर्णखोप सुनिश्चितता हासिल गरेको जानकारी दिए ।

पूर्णखोप सुनिश्चितता अभियानअन्तर्गत जिल्लाका हजारौँ बालबालिकालाई लक्षित गरी खोप सेवा पुर्‍याइएको हो । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुखहरू, विभिन्न वडाका अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सङ्घसंस्था, पत्रकार र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।

जिल्लालाई पूर्णखोप सुनिश्चित बनाउनुका साथै आगामी दिनमा यसको दिगोपना कायम राख्न सबैपक्षले निरन्तर सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममार्फत बालस्वास्थ्य र खोपको पहुँच विस्तार गर्न आवश्यक रणनीति र सहयोगको खाका प्रस्तुत गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयको ‘सबै बालबालिकालाई पूर्णखोप’ भन्ने लक्ष्यअनुसार अगाडि बढाइएको अभियानमा जाजरकोटले उल्लेखनीय सफलतासँगै कर्णाली प्रदेशमा उदाहरणीय उपलब्धि हासिल गरेको छ । 

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ५ : ५१ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट