मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन « Khabarhub

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय कार्यदललाई संशोधन गर्दै १४ सदस्यीय कार्यदल गठन भएको छ । 

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदलमा मन्त्रीको नाम समावेश गरेको भन्दै आपत्ति जनाउँदै बैठकमा अवरोध गरेपछि सहमति पश्चात पुनः बसेको बैठकमा सभामुख मण्डलले कार्यदलमा रहेका सदस्यहरूको नाम घोषणा गरेका हुन् ।

सभामुख मण्डलले संयोजक पदबाट राजीनामा दिएपछि उपसभामुख बबिता राउत ईशरको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन भएको हो ।  कार्यदलको सदस्यहरूमा मो. समीर, शारदा देवी थापा, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रामअशिष यादव, कनिष पटेल, जवाहरलाल कुशवाहा, विमला अन्सारी तरन्नम, कञ्चन विच्छा, उर्मिला देवी सिंह रहेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक एवं कार्यदलका सदस्य समेत रहेका कनिष पटलले आइतबार भित्र छानविन गर्ने र सोमबार कार्यदलले आफ्नो प्रतिवेदन प्रदेशसभामा पेश गर्ने बताए ।

मधेस सरकारले आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गरेपछि करिब २३ मिनेट छलफल भएपश्चात त्यसयता त्यसमा छलफल हुन सकेको छैन् । प्रतिपक्षी दलका सांसदहरुले बजेटमा बिचौलिया हाबी भएको भन्दै बैठक अवरुद्ध गर्दै आएका थिए । 

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : ३७ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न