‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’ « Khabarhub

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट आयआर्जन गर्ने अवस्था बनाउँदै लगेको बताएका छन्  ।

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आज विराटनगरमा आयोजित राष्ट्रपति रनिङ, अन्तरप्रदेश, राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी तथा खेलक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्दै खेलाडी खेलमार्फत आयार्जन गर्न सक्षम बन्नु सुखद विषय भएको बताए। 

मन्त्री चौधरीले सरकारले अन्तरराष्ट्रिय क्षेत्रमा पदक प्राप्त गर्ने खेलाडीलाई रु ६५-६५ लाख रकम वितरण गरी आयआर्जनको अनुभूति गराएको उल्लेख गरे

मन्त्री चौधरीले हाल मुलुकमा खेलेर बाँच्न सकिने अवस्था बनेकाले युवालाई खेलकुदप्रति विशेष ध्यान दिन आग्रहसमेत गरे। उनले विगतमा कोशी प्रदेश खेलकुद क्षेत्रमा अगाडि रहे पनि पछिल्लो समय केही खस्किएको भन्दै सुधार ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराए। 

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि मोरङको सुन्दरहरैचा नगरपालिकास्थित पूर्वाञ्चाल विश्वविद्यालयको खाली जग्गामा खेलकुदग्राम निर्माण सुरु गरेको जानकारी दिए । उनले प्रदेशमा खेलाडीको उच्च भविष्य रहेकाले लगानशीलताका साथ अगाडि बढ्न आग्रह गरे । 
    
प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रदेशमा खेल क्षेत्रको विकासका लागि विद्यालयस्तरदेखि पूर्वाधार निर्माण एवं प्रशिक्षणलगायत काम भइरहेका बताए । त्यस अवसरमा १०१ जना खेलाडी, प्रशिक्षक, खेलकुद पत्रकार एवं खेलकुद प्रतियोगितामा सहयोग गर्ने उद्यमीहरूलाई नगदसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ७ : ३६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम