‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’ « Khabarhub

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट आयआर्जन गर्ने अवस्था बनाउँदै लगेको बताएका छन्  ।

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आज विराटनगरमा आयोजित राष्ट्रपति रनिङ, अन्तरप्रदेश, राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी तथा खेलक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्दै खेलाडी खेलमार्फत आयार्जन गर्न सक्षम बन्नु सुखद विषय भएको बताए। 

मन्त्री चौधरीले सरकारले अन्तरराष्ट्रिय क्षेत्रमा पदक प्राप्त गर्ने खेलाडीलाई रु ६५-६५ लाख रकम वितरण गरी आयआर्जनको अनुभूति गराएको उल्लेख गरे

मन्त्री चौधरीले हाल मुलुकमा खेलेर बाँच्न सकिने अवस्था बनेकाले युवालाई खेलकुदप्रति विशेष ध्यान दिन आग्रहसमेत गरे। उनले विगतमा कोशी प्रदेश खेलकुद क्षेत्रमा अगाडि रहे पनि पछिल्लो समय केही खस्किएको भन्दै सुधार ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराए। 

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि मोरङको सुन्दरहरैचा नगरपालिकास्थित पूर्वाञ्चाल विश्वविद्यालयको खाली जग्गामा खेलकुदग्राम निर्माण सुरु गरेको जानकारी दिए । उनले प्रदेशमा खेलाडीको उच्च भविष्य रहेकाले लगानशीलताका साथ अगाडि बढ्न आग्रह गरे । 
    
प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रदेशमा खेल क्षेत्रको विकासका लागि विद्यालयस्तरदेखि पूर्वाधार निर्माण एवं प्रशिक्षणलगायत काम भइरहेका बताए । त्यस अवसरमा १०१ जना खेलाडी, प्रशिक्षक, खेलकुद पत्रकार एवं खेलकुद प्रतियोगितामा सहयोग गर्ने उद्यमीहरूलाई नगदसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ७ : ३६ बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो