सभामुखले भने : लोकतन्त्रको विकल्प छैन « Khabarhub

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था नभएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रको ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तक आज विमोचन गर्दै उनले विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट भएकाले यसको विकल्प नभएको स्पष्ट गरे ।

गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु संसदीय दल र नेताहरुको कर्तव्य भएको बताए ।

जनताले महसुस गर्नेगरी सेवा प्रवाह गर्न राजनीतिक दलहरूले व्यवस्था सुदृढ गर्नुपर्ने बताउँदै उनले मानव जातिलाई प्रगतिको पथमा लैजान र वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, एमाले नेता योगेश भट्टराई, वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, कांग्रेस नेता दुर्लभ थापा र जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले पुस्तकका विविध पक्षबारे समीक्षा गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १० : ३६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम