हलिउड फिल्मको गुणस्तर घटेको ज्याकी च्यानको खुलासा « Khabarhub

हलिउड फिल्मको गुणस्तर घटेको ज्याकी च्यानको खुलासा


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्शन सुपरस्टार ज्याकी च्यानले आधुनिक हलिउड फिल्मको गुणस्तरमा गिरावट आएको बताएका छन्।

स्विट्जरल्याण्डमा सम्पन्न लोकार्नो फिल्म फेस्टिभलको ७८ औं संस्करणमा क्यारियर लेपर्ड अवार्ड प्राप्त गर्दै उनले यो विषयमा आफ्नो विचार राखेका थिए।

ज्याकीले भने, “पुराना फिल्महरू आजका भन्दा राम्रो थिए। अहिले ठूला स्टुडियोहरू फिल्म बनाउने भन्दा बढी पैसा कमाउने कुरामा ध्यान दिन्छन्। उनीहरूले करोडौं लगानी गरेर कसरी फिर्ता पाउने भन्ने सोचमा हुन्छन्। यसले सिर्जनात्मकतालाई असर पुर्‍याएको छ र राम्रो फिल्म बनाउनु चुनौतीपूर्ण बनेको छ।”

ज्याकी च्यानको करियर ७० को दशकमा हङकङबाट सुरु भएको थियो। उनी पहिले पृष्ठभूमि कलाकार थिए र पछि मुख्य कलाकार बने। ८० को दशकमा उनी चिनियाँ सिनेमा क्षेत्रमा एक्शन कमेडी विधाका चर्चित कलाकार बने। त्यसपछि उनले हलिउडमा ‘रम्बल इन द ब्रोंक्स’, ‘रश आवर’, र ‘शाङ्घाई नून’ जस्ता सफल फिल्म दिएका छन्।

उनका फिल्महरूले विश्वभर करिब ६ अर्ब डलरभन्दा बढी आम्दानी गरेका छन्। उनले धेरै जोखिमपूर्ण स्टन्ट आफैं गरेका छन्, जसले उनलाई विश्वकै एक चर्चित मार्शल आर्टिस्ट र कलाकार बनाएको छ।

ज्याकी च्यानले आफ्नो अनुभवसहित नयाँ पुस्तालाई पनि उद्योगमा सिर्जनशीलता र जोखिम लिन प्रोत्साहित गरेका छन्। उनको यो अभिव्यक्तिले फिल्म उद्योगमा व्यवसाय र कला बीचको सन्तुलन आवश्यक रहेको विषयलाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ८ : १५ बजे

इन्दिरा रानामगरको घरमै पुगेर समर्थन गर्दै बालेन

दमक– झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६४ क्षेत्रमा उम्मेदवार दर्ता गर्दा

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित

रास्वपाका उम्मेदवार गणेश र बालेनबीच भेटवार्ता

काठमाडौं– झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह र मोरङ

प्रतिनिधिसभा निर्वाचन : झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा