सभामुख घिमिरेले पाँच दलका प्रमुख सचेतकसँग छलफल गर्ने « Khabarhub

सभामुख घिमिरेले पाँच दलका प्रमुख सचेतकसँग छलफल गर्ने


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् । मंगलबारको संसद् बैठक सकिए लगत्तै उनले प्रमुख सचेतकहरूसँग छलफल गर्ने तयारी गरेका हुन् । 

‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ कार्यान्वयनका विषयमा संसद बैठक सकिए लगत्तै सिंहदरबारमा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । 

यसअघि सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे प्रमुख सचेतकहरूसँग गर्ने भनिएको संयुक्त छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो । 

सभामुख घिमिरेले सोमबार सिंहदरबारस्थित कार्यकक्षमा प्रतिनिधिसभामा पेस भएको उक्त प्रतिवेदन कार्यान्वयनबारे नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्ताैला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका थिए । 

सचिवालयकाअनुसार सोमबार नै सभामुख घिमिरेले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग पनि सभामुख घिमिरेले छलफल गरेका थिए । 

छलफलहरूमा सभामुख घिमिरेले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताएका थिए । 

कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेको भन्दै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे ।

राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवको रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै घिमिरेले समितिको काम अब धेरै समय रोक्न नसकिने बताएका थिए । 

बर्तौला र घिमिरेले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुख घिमिरेलाई सुझाव दिएको सचिवालयले जनाएको छ । 

सभामुखले गत शुक्रबार सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्य व्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग प्रतिवेदन कार्यान्वयनबारे परामर्श गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : ३५ बजे

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको