बन्धक बनाइएकाहरुको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघीय विज्ञद्वारा चीनलाई आह्वान « Khabarhub

बन्धक बनाइएकाहरुको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघीय विज्ञद्वारा चीनलाई आह्वान


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बन्धक बनाइएकाहरुको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघकी एक जना विज्ञले चीनलाई आह्वान गरेकी छिन् । संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी अधिकारी मेरी लोलरले चीन सरकारलाई बन्धहरुको संरक्षण गर्न र अधिकार सुनिश्चित गर्न आग्रह गरेकी हुन् ।

उनले हाल चीनमा बन्धक अवस्थामा रहेका व्यक्तिहरूमाथि भएको दमन र उनीहरुलाई राखिएको हिरासतको अवस्थाबारे पनि चिन्ता व्यक्त गरेकी छिन् । हाल चीनको जेलमा डिङ जियाशी, हुआङ की, हुआङ युनमिन, इल्हाम टोठी, किन योङमिन, झाङ हाइताओ र झाओ हाइतोङजस्ता मानव अधिकार अभियन्तालाई बन्दी बनाइएको छ ।

हिरासतमा उनीहरुमाथि दुव्र्यवहार हुने गरेको र स्वास्थ्य उपचारको सुविधाबाट बञ्चित गरिएको जनाइएको छ । उनीहरुलाई पारिवारिक भेटघाटको पहुँच पनि दिइएको छैन ।

उनले मानव अधिकारबारे काम गर्ने अभियन्तालाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण प्रदान गर्नु चीनको दायित्व रहेको उल्लेख गरिन् । त्यसैगरी, उनले बन्दी बनाइएकाहरुको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्न र उनीहरूलाई निष्पक्ष सुनुवाइको अवसर प्रदान गर्न पनि आह्वान गरेकी छिन् ।

चीनले भने आफ्नो मुलुकमा बन्धकको अवस्था दयनीय रहेको भन्ने आरोपको खण्डन गर्दै आएको छ । चीनले आफ्नो मुलुकमा प्रचलित कानूनी प्रणाली अन्तर्गत नै उनीहरुमाथि कारबाही हुने गरेको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : ५३ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका