बन्धक बनाइएकाहरुको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघीय विज्ञद्वारा चीनलाई आह्वान « Khabarhub

बन्धक बनाइएकाहरुको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघीय विज्ञद्वारा चीनलाई आह्वान


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बन्धक बनाइएकाहरुको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघकी एक जना विज्ञले चीनलाई आह्वान गरेकी छिन् । संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी अधिकारी मेरी लोलरले चीन सरकारलाई बन्धहरुको संरक्षण गर्न र अधिकार सुनिश्चित गर्न आग्रह गरेकी हुन् ।

उनले हाल चीनमा बन्धक अवस्थामा रहेका व्यक्तिहरूमाथि भएको दमन र उनीहरुलाई राखिएको हिरासतको अवस्थाबारे पनि चिन्ता व्यक्त गरेकी छिन् । हाल चीनको जेलमा डिङ जियाशी, हुआङ की, हुआङ युनमिन, इल्हाम टोठी, किन योङमिन, झाङ हाइताओ र झाओ हाइतोङजस्ता मानव अधिकार अभियन्तालाई बन्दी बनाइएको छ ।

हिरासतमा उनीहरुमाथि दुव्र्यवहार हुने गरेको र स्वास्थ्य उपचारको सुविधाबाट बञ्चित गरिएको जनाइएको छ । उनीहरुलाई पारिवारिक भेटघाटको पहुँच पनि दिइएको छैन ।

उनले मानव अधिकारबारे काम गर्ने अभियन्तालाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण प्रदान गर्नु चीनको दायित्व रहेको उल्लेख गरिन् । त्यसैगरी, उनले बन्दी बनाइएकाहरुको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्न र उनीहरूलाई निष्पक्ष सुनुवाइको अवसर प्रदान गर्न पनि आह्वान गरेकी छिन् ।

चीनले भने आफ्नो मुलुकमा बन्धकको अवस्था दयनीय रहेको भन्ने आरोपको खण्डन गर्दै आएको छ । चीनले आफ्नो मुलुकमा प्रचलित कानूनी प्रणाली अन्तर्गत नै उनीहरुमाथि कारबाही हुने गरेको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : ५३ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित