अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता  « Khabarhub

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई नयाँ दिशा दिने कोसिसबीच राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार साँझ शीतल निवासमा भेटवार्ता भएको छ।

वर्तमान संविधान र संसद्अन्तर्गतका दुई महत्वपूर्ण व्यक्तिहरूबीच बिहीबार साँझ ७ बजे शीतल निवासकै पछाडिको भवनमा भेटवार्ता भएको हो । उक्त भेटवार्ताको पुष्टि सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले खबरहबसँग गरेका छन् ।

उक्त भेटका क्रममा सभामुख घिमिरेले संसद् बैठक बस्नुपर्ने बताएका थिए । त्यसका लागि संसद् बैठक आह्वान गर्नुपर्ने धारणा उनले राष्ट्रपतिसँग राखेका थिए ।

पछिल्लो विकसित परिस्थितिपछि उत्पन्न जटिलता र संकटको निकासका उपायबारे सभामुख घिमिरेले राष्ट्रपतिसँग जिज्ञासा राखेका छन् ।

‘सभामुखज्यूले संसद् बस्नुपर्छ, बोलाउनुपर्छ भन्नुभएको । मंगलबारदेखि विकसित पछिल्लो परिस्थितिको निकासका उपायबारे पनि परामर्श लिनु भएको छ’, उनले भने, ‘सभामुखको जिज्ञासापछि राष्ट्रपतिले यही संविधानको अधीनमै रहेर यसै भित्रबाट निकास खोज्न पहल गर्ने जवाफ दिनु भएको छ।’
 
उक्त भेटघाटका क्रममा राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच संसद् विघटनको विकल्पबारे पनि कुराकानी भएको छ। संसद् विघटनबारेमा राष्ट्रपतिले चासो राखेका हुन् ।

सभामुखसँग संवाद गरेपछि राष्ट्रपति पौडेलले पछिल्लो परिस्थितिको निकासका उपायबारेमा कानुनविद्हरूसँग पनि बिहीबार राति नै परामर्श गरेका छन् । कानुनविद्सँगको परामर्शपछि राष्ट्रपतिले अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग संवाद गर्ने तालिका थियो । तर दुईजनाबीच संवाद भए नभएको पुष्टि भएको छैन ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १२ : २९ बजे

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल