अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता  « Khabarhub

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई नयाँ दिशा दिने कोसिसबीच राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार साँझ शीतल निवासमा भेटवार्ता भएको छ।

वर्तमान संविधान र संसद्अन्तर्गतका दुई महत्वपूर्ण व्यक्तिहरूबीच बिहीबार साँझ ७ बजे शीतल निवासकै पछाडिको भवनमा भेटवार्ता भएको हो । उक्त भेटवार्ताको पुष्टि सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले खबरहबसँग गरेका छन् ।

उक्त भेटका क्रममा सभामुख घिमिरेले संसद् बैठक बस्नुपर्ने बताएका थिए । त्यसका लागि संसद् बैठक आह्वान गर्नुपर्ने धारणा उनले राष्ट्रपतिसँग राखेका थिए ।

पछिल्लो विकसित परिस्थितिपछि उत्पन्न जटिलता र संकटको निकासका उपायबारे सभामुख घिमिरेले राष्ट्रपतिसँग जिज्ञासा राखेका छन् ।

‘सभामुखज्यूले संसद् बस्नुपर्छ, बोलाउनुपर्छ भन्नुभएको । मंगलबारदेखि विकसित पछिल्लो परिस्थितिको निकासका उपायबारे पनि परामर्श लिनु भएको छ’, उनले भने, ‘सभामुखको जिज्ञासापछि राष्ट्रपतिले यही संविधानको अधीनमै रहेर यसै भित्रबाट निकास खोज्न पहल गर्ने जवाफ दिनु भएको छ।’
 
उक्त भेटघाटका क्रममा राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच संसद् विघटनको विकल्पबारे पनि कुराकानी भएको छ। संसद् विघटनबारेमा राष्ट्रपतिले चासो राखेका हुन् ।

सभामुखसँग संवाद गरेपछि राष्ट्रपति पौडेलले पछिल्लो परिस्थितिको निकासका उपायबारेमा कानुनविद्हरूसँग पनि बिहीबार राति नै परामर्श गरेका छन् । कानुनविद्सँगको परामर्शपछि राष्ट्रपतिले अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग संवाद गर्ने तालिका थियो । तर दुईजनाबीच संवाद भए नभएको पुष्टि भएको छैन ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १२ : २९ बजे

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार