जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान « Khabarhub

जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दोलखा– जेन-जीहरुको आन्दोलनमा परेर दोलखाका तीन जनाले ज्यान गुमाएका छन् । दोलखाका दुई युवा तथा एक युवतीले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका हुन् । 

ज्यान गुमाउनेहरूमा वैतेश्वर गाउँपालिका-८ कि २६ वर्षीय स्वस्थानी खड्का, शैलुङ गाउँपालिका मागापौवाका २२ वर्षीय अभिषेक चौलागाईं र विगु गाउँपालिका ३ का महेश बुढाथोकी रहेका छन् ।

वैतेश्वर-८ कि खड्काको पोखरा स्थित हिमालय अर्गनाइजेसनमा आन्दोलनकारीले गरेको आगजनीमा परेर मृत्यु भएको पुष्टि भएको छ । उनी सोही कम्पनीमा काम गर्दै आएकी थिइन । 

उनको शवलाई बिहीबार काठमाडौं ल्याएर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको वैतेश्वर-८ वडा अध्यक्ष शान्त बहादुर जिरेलले जानकारी दिए । वडा अध्यक्ष जिरेलका अनुसार आन्दोलनकारीले उक्त कम्पनीमा ढुङ्गामुढा गर्दै आगजनी गरेपछि स्वस्थानी घरमा फसेकी थिइन् । उनको त्यहीँ मृत अवस्थामा शव फेला परेको थियो ।

यता शैलुङका अभिषेक भने, जेनजी आन्दोलनका क्रममा काठमाडौंमा गोली लागेर मृत्यु भएको थियो । 

बुधबार बिहान घरबाट निस्किएका अभिषेक बेपत्ता भएपछि खोजी गर्ने क्रममा गए राती उनको शव त्रिभुवन शिक्षण अस्पताल महाराजञ्जमा फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको टाउकोमा गोली लागेर क्षतविक्षत भएको पाइएको छ । महाराजगञ्जमा भएको आन्दोलनका क्रममा उनी गोली लागेर ढलेपछि शवलाई शिक्षण अस्पतालमा लगेर राखिएको थियो । उनी भक्तपुरको दुवाकोट बस्दै आएका थिए । 

त्यसैगरी विगु गाउँपालिका-३ स्थायी घर भएका महेश बुढाथोकीको पनि सोही आन्दोलनमा मृत्यु भएको उनको परिवारले जनाएको छ ।

जेन्जीहरुले सोमबारदेखि  काठमाडौंसहित देशभर गरेको सामाजिक सञ्जाल बन्द भ्रष्टाचार विरुद्धको आन्दोलनमा परेर दोलखा अन्य ४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा विनय काफ्ले, कुमार लामा, अनिल तामाङ र रुपेश कार्की रहेको पाइएको छ । 

घाइते मध्ये तामाकोशीका विनय काफ्लेलाई भने गोलि लागेर गम्भीर चोट लागेको बुझिएको छ । उनको काठमाडौंमा उपचार भइरहेको छ । 

जेनजी आन्दोलनमा दोलखाका तिन सहित देशभरका अस्पतालमा  ३६ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  १२ : ११ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला