रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू « Khabarhub

रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

ललितपुर- गत मंगलबार भागेका कैदीहरूलाई नख्खु कारागार प्रशासले यथाशीघ्र सम्पर्कमा आउन भनेको छ।

नख्खु कारागार प्रशासनले सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका कैदीहरूलाई यथाशीघ्र सम्पर्कमा आउन भनेको हो ।

नख्खु कारागारका सूचना अधिकारीले बिहीबार एक सूचना जारी गरेर मंगलबार भागेका रविसहितका सबै कैदीहरूलाई सम्पर्कमा आउन भनेको हो ।

उक्त सूचना जारी गरेर नख्खु कारागार प्रशासनले फरार भएका सबै कैदी र थुनुवालाई अविलम्ब आत्मसमर्पण गर्न औपचारिक अपिल गरेको छ।

उक्त सूचनामा फरार अवस्थाको निरन्तरताले कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने मात्रै नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा समेत प्रतिकूल असर पर्ने चेतावनी कारागार प्रशासनले दिएको छ ।

‘विधि, कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई अपिल गर्दछौँ’, कारागार प्रशासनले भनेको छ ।

कारागार प्रशासनले सम्पर्कमा आउने बन्दीहरूको हकहितको रक्षा गर्दै कानुनी प्रावधानअनुसार पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

रविको हकमा के हुन्छ ?

उक्त सूचना प्रकाशित गरेकोबारेमा खबरहबले कारागार प्रशासनका एक अधिकारीलाई सम्पर्क गरेको थियो । ती अधिकारीले उक्त सूचना मंगलबार कारागारमा हुलहुज्जत गरेर निस्किएका रविको हकमा पनि लागु हुने बताए ।

‘रविको हकमा पनि उक्त सूचना जारी गरिएको हो । रविले यहाँ जेलर र कर्मचारीलाई हुलहुज्जत गरेर निस्किएर गएका हुन्’, ती अधिकारीले सुरक्षाका कारण आफ्नो नाम नखुलाउने आग्रहसहित भने, ‘रविकै कारण यहाँका अधिकांश कैदी फरार भएका हुन् । मंगलबार यहाँ हुल उतारेर जेलर सा’वलाई धम्की दिएर बनाइएको एउटा पत्र लिएर उनी निस्केका हुन् । सूचनाअनुसार उनी फर्केर आएका भविष्यमा कानुनी रीतअनुसार मिल्ने सुविधा पाउने छन् ।’

यदि रवि नफर्किएको हकमा के हुन्छ भनेर खबरहबले सोध्दा ती अधिकारीले आत्मसमर्पण गर्न नआए पक्राउको विकल्प खुल्ला रहेको बताए । ‘हामीले सूचना जारी गरेर औपचारिक रुपमा आत्मसमर्पण गर्न भनिसकेका छौँ’, ती अधिकारीले भने, ‘रविसहित फरार सबै कैदी यो सूचना अनुसार नआएमा प्रहरीमार्फत् पक्राउ गरेर ल्याउनुपर्ने हुन्छ ।’

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १ : ४१ बजे

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं– त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव